Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय झण्डा जलाइएको आपत्तिजनक भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान

राष्ट्रिय झण्डा जलाइएको आपत्तिजनक भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान

२ भदौ, काठमाडौं । सोमबार  ‘देशद्रोही’ नामको म्युजिक भिडिओ एक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

त्यस भिडिओमा गायक ‘गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ । भिडिओमा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । धेरैले गायकलाई कारबाहीको माग गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गरिएको छ ।

म्युजिक भिडिओ मकवानपुरको बाग्मती गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यस विषयमा अनुसन्धान अघि बढाइसकेको बताएका छन् । प्रहरीले गायक तामाङको खोजी गर्न थालेको छ ।

मकवानपुरको घटना भएकोले जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गायकको खोजी गर्न टोली खटाइसकेको छ ।

उनको खोजी गर्न जिल्लाबाट इन्स्पेक्टरको टोली खटिएको डिएसपी इन्द्रबहादुर राणाले जानकारी दिए ।

प्ररम्भिक अनुसन्धानका क्रममा प्रहरीले उनको नाम गेल्जङ दोर्जे तामाङ भएको बताए पनि वास्तविक नाम भने पुष्टि भइसकेको छैन ।

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु पाईंदैन र कसैले अपमान गरेको पाइएमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.