×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

३ भाद्र २०७७

३ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।

Advertisement
Advertisement

बुधबार ६ सय ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । २ सय १६ महिला र ४ सय ६५ पुरुष गरी ६ सय ८१ जनामा संक्रमण देखिएको हो । काठमाडौंमा आज मात्रै काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेका छन । बुधबार पीसीआर विधिबाट ११ हजार ५ सय २२ परीक्षण भएका छन् ।

देशभरी आइसियुमा १ सय ३१ र भेन्टिेलटरमा ६ जना जना संक्रमित उपचाररत रहेका छन । देशभरीका आइसोलेसनमा ११ हजार १ सय १८ जना रहेका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ६०, प्रदेश नम्बर २ मा २ हजार ३७, बागमती प्रदेशमा २ हजार ६ सय ८९ र गण्डकी प्रदेशमा २ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ३८, कर्णाली प्रदेशमा २ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३० गरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ५, प्रदेश नम्बर २ मा २ हजार ५ सय ४५ बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २८ गरी ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् ।

बुधबार १ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय ४४, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ९३, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ६८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ९०, कर्णाली प्रदेशमा १ हजार ९ सय ६१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय २० जना गरी १७ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।

Advertisement

बुधबार देशभरीका क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार १ सय १६, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८५, बागमती प्रदेशमा ९ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ९ सय २ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९ सय ३१, कर्णाली प्रदेशमा ६ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टिनमा रहेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top