एसिड आक्रमणका घाइतेको १७ अस्पतालमा निशुल्क उपचारकाे व्यवस्था

३ भदौ, काठमाडौं ।
सरकारले एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने भएको छ । विभिन्न १७ स्वास्थ्य संस्थामा एसिड पीडितहरुको निशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयले साउन ३० गते १७ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क गर्न आग्रह गर्दै पत्राचार गरेको हो । संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समिति, महिला समितिलगायतले एसिड आक्रमणका घटनाबाट पीडितको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएकासँगै सरकारले एसिड पीडितहरुको निशुल्क उपचार गराउने भएको हो ।

स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयले लेखेको पत्रमा भनिएको छ–‘एसिड आक्रमणका घटनाबाट पीडित भई तहाँ अस्पतालमा औषधी उपचार गराउन आउने पीडित व्यक्तिहरुको तहाँबाट हुन सक्ने उपचार निशुल्क गर्ने व्यवस्था मिलाउन आदेशाअनुसार अनुरोध छ । ’

Advertisement

संसदीय समितिका निर्देशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एसिड आक्रमणका पीडितको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Advertisement

एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क हुने स्वास्थ्य संस्थाहरुमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

यस्तै, मानसिक अस्पताल लगनखेल, कोशी अस्पताल, नारायणी अस्पताल,भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, गजेन्द्र नरायण सिंह सगरमाथा अस्पताल सप्तरी, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क हुने मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top