दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(बढ्दो भय)
नेपालमा कोरोनाका कारण हालसम्म १ सय २० जनाको मृत्यु /आज सोमबार मात्र ६ सय ८१ जना संक्रमित थपिँदा संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुग्यो /१७ हजार ७ सय डिस्चार्ज ।

२.(कहाँ कति छन् ?)
आज सोमबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३ सय ८८ जनाको कोरोना परीक्षण/देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा /११ हजार १ सय १८ जना आइसोलेसनमा ।

३.(मानवीयता देखाउ)
कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने /सरकारी अस्पताल भरिभराउ भए निजीले उपचार गर्दिनँ भन्न नमिल्ने स्वास्थ्य मन्त्रालयको भनाई ।

४.(उपत्यकामा निषेध)
काठमाडौं उपत्यकामा कोभिड संक्रमणको स्थिति बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयद्वारा आज रातिदेखि निषेधाज्ञा जारी/नुवाकोटमा पनि थप एक साता निषेधाज्ञा ।

५.(देशभर ’सेरोलजिकल’)
संक्रमित बढ्दै गएपछि देशभर ’सेरोलजिकल’ परीक्षण गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तयारी/संक्रमणको जोखिमको तह बारे अध्ययन गर्न तीन वर्षसम्म परीक्षण गरिने ।

६.(अस्ताए राष्ट्रिय धरोहर)
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि / घिमिरेको मृत्युसँगै एउटा युगको अन्त्य/ सम्मान स्वरुप नेपाली सेनाको टुकडीद्वारा सलामी अर्पण ।

७.(न्यायको आशा)
अस्पतालको बेवास्ता र उपचारको अभावमा विराटनगरका कोरोना संक्रमित सीताराम दाहालको मृत्यु भएको भन्दै छोरी निलिमाद्धारा प्रदेश १ सरकार, महानगरपालिका, कोशी, विपी प्रतिष्ठानविरुद्ध उच्च अदालत विराटनगरमा रिट /अकालमा ज्यान गुमाउनु परेकोले घटनाको छानविन र दोषी उपर कानूनी कारवाहीको माग ।

८.(अछाममा बिपत्त)
अछामको रामारोशन गाउँपालिका–५ मा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १२ पुग्यो /५ जना अझै वेपत्ता /सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार ।

९.(औंशीको महिमा)
आज भाद्र कृष्ण औँशी तथा बुबाको मुख हेर्ने दिन/ वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राए/ बाबुको मुख हेर्ने पर्व पनि मनाइयो ।

१०.(जन्मियो एमाले)
निवेदन दर्ता भएको झण्डै दुई महिनापछि निर्वाचन आयोगमा नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता ÷यो सँगै नेकपा एमाले नेपालको १३२ औं पार्टी बन्यो /पार्टीको छापमा डाँडामा उदाउँदो सूर्य ।

११.(कसको के लाग्छ र ?)
डिजाइन अनुसारको लोगो तयार नभएपछि फेरि बनाइने गरी संघीय संसद सचिवालयद्घारा घरेलु तथा साना उद्योग कार्यालयलाई लोगो फिर्ता / लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भएपछि खर्च कसले बेहोर्ने भन्नेमा विवाद ।

१२.(फेरि चुक्यो सरकार)
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै कामकाज गर्न दिने गरी सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी/

१३.(देशद्रोही प्रकरण )
नेपालको राष्ट्रिय झण्डा जलाएको गीतको म्युजिक भिडिओ सार्वजनिक प्रकरणमा संलग्न गायकसहित हालसम्म ९ जना पक्राउ /घटना बारे थप अनुसन्धान जारी ।

१४.(बेलाको बोली)
कोभिड १९ बाट प्रेस क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तत्पर रहेको सञ्चारमन्त्री डा. युवराज खतिवडाको भनाई /पत्रकारितामा लागेकाहरुको रोजगारी गुम्ने र आर्थिक समस्या उत्पन्न हुने व्यवहार नगर्न सञ्चार गृहहरुलाई आग्रह ।

र,

१५.(विश्वमा कोरोना)
विश्वमा हालसम्म कोरोनाका कारण ७ लाख ८४ हजार बढीको मृत्यु /२ करोड २३ लाख बढी संक्रमित /१ करोड ५० लाख बढी उपचारपछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top