राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडियो बनाउने समूहमाथि ‘राज्यबिरुद्धको कसुर’

३ भदौ ७७, बिहीबार

४ भाद्र, काठमाडौँ ।
राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ ।

झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो ।

बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ संख्या १० पुगेको हो । सो समूहले निर्माण गरेको म्यूजिक भिडियोमा विशेष समुदाय लक्षित गर्दै घृणा फैलाउने अपमानजनक शब्द र दृश्य प्रयोग गरिएको छ ।

मुलुकी अपराधसंहिता–०७४ को भाग २ परिच्छेद १ दफा (५०) को उपदफा (३) अनुसार सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुन्छ । सो ऐनको दफा (४९) को उपदफा (४) कसैले सार्वभौमिक अखण्डता, बर्गिय, जातिय, क्षेत्रीय, धार्मिक वा सांप्रदायिक दंगा भड्काउने काम गरे ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।

मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा उनीहरुमाथि कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । ‘देशद्रोही’ शीर्षकको सो भिडीयो सोमबार ‘मंगोल हप अफिसियल’ नामका युट्युव च्यानलबाट अपलोड गरिएपछि विवादमा परेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top