कक्षा ११ का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य

४ भदौ ७७, शुक्रबार

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ को पाठ्यपुस्तक छपाइ शुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय गरेपछि केन्द्रले अनिवार्य ३ विषयको पाठ्यपुस्तक छपाइ शुरू गरेको हो ।

केन्द्रले हिजो बिहीबारदेखि पुस्तक छपाइ शुरू गरेको जनाएको हो । ‘उपत्यकामा निषेधाज्ञा भएका कारण कर्मचारी आउन नसकेर केही समस्या परेको छ, तैपनि तोकिएकै समयमा छपाइ सक्नेछौं।’–केन्द्रका प्रवक्ता चित्र आचार्यले भन्नुभयो ।

प्रवक्ता आचार्यले नेपाली, अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षाको छपाइ प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सकभर भदौ महिनाभित्र छपाइ सक्ने गरी काम शुरू गरिसकेका छौं ।’

Advertisement

सरकारले कक्षा १ देखि १२ सम्मको शिक्षा माध्यमिक तह उल्लेख गरिसकेको छ । सोहीअनुसार विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्ने अधिकार जनक शिक्षाको भएकाले जनकले छपाइ र बिक्री गर्ने तयारी गरेको छ ।

सरकारले चालू शैक्षिकसत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यपुस्तक छपाइको तयारी गरेको हो । पाठ्यक्रम विकास केन्द्रले करिब दुई साताअघि कम्प्युटर रेडी कपी (सीआरसी) उपलब्ध गराएपछि जनकले छपाइ प्रक्रिया अघि बढाएको हो । जनकका प्रवक्ता आचार्यले एसईई परीक्षामा विद्यार्थीको उत्तीर्ण संख्याका आधारमा पुस्तक छपाइ शुरू गरिएको बताउनुभयो ।

Advertisement

एउटा पुस्तकको करिब ४ लाख थान छपाइ गर्ने आचार्यको भनाइ छ । तर एक कर्मचारीले प्रतिकिताब २५ हजारको दरले छपाइ गर्ने अनुमति पाएको बताएका छन् । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top