साउदीमा अवैधानिक रुपमा रहेका थप १२० जना नेपालीले पाए वहिर्गमन भिसा

५ भदौ ७७, शुक्रबार

योगेन्द्र योगी
५ भदौ, दोहा ।
साउदीमा १२० जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये थप १२० जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको थियो । अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

Advertisement

वहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ४९८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् । बहिर्गमन भीसा जारी भएकाहरुले आगामी चरणमा नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट हुने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध छ।

Advertisement

साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकामा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने समेत दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top