दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(एकै दिन ११)
नेपालमा एकै दिन कोरोनाबाट ११ जनाको मृत्यु हुँदा मृतकको सख्या १ सय ३७ पुग्यो /शुक्रबार मात्र ८ सय ३८ संक्रमित थपिँदा संक्रमित ३० हजार ४ सय ८३ पुगे /१८ हजार २ सय १४ जना डिस्चार्ज ।

२.(कहाँ कति ?)
आज शुक्रबारसम्म पिसिआर विधिबाट ५ लाख ७९ हजार ८ सय ९९ जनाको कोरोना परीक्षण /१२ हजार २ सय ३४ जना क्वारेण्टिनमा /१२ हजार १ सय ३२ जना आइसोलेसनमा ।

३.(प्राथमिकतामा उपचार)
विराटनगर स्थित कोशी कोभिड १९ अस्पताललाई आवश्यक जनशक्तिसहित लेभल टु मा स्तरोन्नति गर्ने प्रदेश १ सरकारको निर्णय/ स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गामा प्रदेशस्तरीय प्रयोगशाला स्थापना गरिने ।

४.(घरमै गयो प्राण)
आइसोलेसन भरिएपछि घरमै बस्न बाध्य विराटनगर ६ का कोरोना संक्रमितको मृत्यु /विराटनगरमा मृतकको संख्या ९ पुग्यो /आज प्रदेश १ मा ८९ संक्रमित थपिएसंगै संक्रमितको संख्या २ हजार ४८६ पुग्यो /१ हजार २ सय २४ जना डिस्चार्ज ।

५.(यस्तै छ देशमा)
देशका आधाभन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा, लकडाउन, सटडाउन तथा अत्यावश्यक बाहेकका सवैसेवा बन्द /विराटनगरमा आज रातिदेखि ५ दिनसम्मका लागि निषेधाज्ञा जारी ÷उपत्यकामा निषेधाज्ञाको दोस्रो दिन पूर्ण रुपमा कार्यान्वयन ।

६.(बाटो खोज्दै ओम्नी)
कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीसँग स्वास्थ्य सेवा विभागले गरेको सम्झौतालाई पुनः निरन्तरता दिने अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार /१५ दिनभित्र कारणसहित उपस्थित हुन सरकारलार्ई आदेश ।

७.(जनप्रतिनिधी नै असन्तुष्ट)
कोरोना रोकथामका लागि सरकारले पटकपटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या आएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिको भनाई /सरकारले दिर्घकालिन रुपमा कोरोनाको व्यवस्थापनबारे निर्णय गर्न नसकेको आरोप ।

८.(अस्पताल पनि नपुगिने भो)
अबदेखि लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने सरकारको निर्णय /पीसीआर परीक्षण सहज भएका देशहरुबाट भदौ १६ गतेदेखि शर्तसहितको नियमित उडान सुरु गरिने ।

९.(सर्पपनि मर्ने लठ्ठीपनि नभाँचिने)
‘चार्टर तथा उद्दार उडान’लाई पुनः सूचारु गर्ने सरकारको निर्णय /यात्रुहरुले काठमाडौं आइपुगेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने /होटल क्वारेन्टाइनमा बस्दाको खर्च पनि व्यक्ति आफैँले व्यहोर्नुपर्ने ।

१०.(घरमै तीज)
आज शुक्रबार हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाईयो/कोरोना प्रभावका कारण सामूहिक भेला हुन नपाएपछि तीज घरमै सीमित/पशुपतिनाथ लगायत देशभरका मठमन्दिरहरु बन्द हुदा सुनसान ।

११.(रामको खोजी)
प्रधानमन्त्रीलाई भेटेर फर्किएको अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिले चितवनको माडीमा राम मन्दिरसहितको अयोध्याधाम निर्माणका लागि जमिनको खोजी गर्दै /केही दिनमै धार्मिक गुरु तथा अध्यताहरुसँग गोष्ठी गरिने ।

१२.(परीक्षा प्रणालीमाथि प्रश्न)
एसइईमा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि नै प्रश्न उब्जियो /मुख्य विषयमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय फिर्ता लिन विज्ञको सुझाव ।

१३.(खोई त साझेदारी ?)
सरकारले निजी अस्पताललाई अपमानित गर्दे चिकित्सकको मनोबल घटाउने व्यवहार गरेको निजी अस्पताल र चिकित्सकहरुको आरोप /सहकार्यमा निजी अस्पतालहरुले आ–आफ्नो स्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता जनाएपनि सरकार सहकार्य गर्न तयार नभएको उल्लेख ।

१४.(सागको अनियमितता)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप—समिति गठन /उपसमितिले खेलाडीले खेल सामग्री नपाएको, खेल सामग्री गुणस्तरहिन रहेको भन्ने उजुरीमाथि छानबिन गर्ने ।

र,

१५.(भयवित विश्व)
विश्वव्यापी महामारी कोरोनाका कारण हालसम्म संक्रमित हुनेको संख्या २ करोड २८ लाख नाघ्यो /७ लाख ९७ हजार बढीको मृत्यु /१ करोड ५५ लाख बढी निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top