८ भाद्र, चितवन ।
चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।
संक्रमितहरु ५ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्। उनीहरुको भरतपुर महानगरपालिकाका क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो। यसअघि हिजो दिउँसो पनि चितवनका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ सय ६४ पुगेको छ।