राजस्व संकलन उत्साहजनक : ६७ अर्ब १९ करोड रुपैयाँ संकलन

काठमाडौँ : विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्‍याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७(७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा कर राजस्वबापत ६४ अर्ब ८२ करोड ७० लाख रुपैयाँ उठेको छ । यसैगरी, गैरकर राजस्वबापत २ अर्ब ३६ करोड ५० लाख रुपैयाँ उठेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुसार अहिलेसम्म कुल ६ दशमलव ६४ प्रतिशत राजस्व संकलन भएको हो । सोमबारसम्म सरकारले कर राजस्वतर्फ ७ दशमलव १० प्रतिशत र गैरकरतर्फ २ दशमलव ३९ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सो जानकारी गराएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्र सरकारले विभिन्न निकायबाट कुल ५८ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्वतर्फ ५६ अर्ब ५५ करोड रुपैयाँ र गैरकर राजस्वतर्फबाट २ अर्ब २६ करोड रुपैयाँ उठाउन सफल भएको छ ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top