विराट मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

१० भदौ, बिराटनगर ।
विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

Advertisement

अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको जानकारी दिए । संक्रमित महिलामा निमोनिया पनि देखिएको थियो । उनको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै बिराटनगरमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएकाे छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top