NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

विदेशमा रहेका नेपालीको उद्धार भित्रको भ्रम र वास्तविकता

बुधबार भदौ १० , २०७७
Reading Time: 1 min read
A A
विदेशमा रहेका नेपालीको उद्धार भित्रको भ्रम र वास्तविकता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

केही महिना अगाडि लगभग विदेशमा रहेका नेपाली नागरिकको रेमिट्यान्सका आधारमा देश चलिरहेको थियो , अहिले तिनै नागरिकहरु बेसहारा भएका छ्न। उनिहरु अहिले दोस्रो दर्जाका नागरिक सरह हुनपुगेका छन् । नेपाली हुनुमा हिनताबोध महसुस भएको छ। उनीहरूको चिन्ता र चित्कारलाई कसैले पनि सुनिदिएको छैन । हिजो आफू नेपाली हुनुमा गर्व गर्ने लाखाैँ नेपालीहरु आज भने आफ्नो देश र आफैमाथि घृणा गर्दैछन् । आफ्नै नागरिकप्रति नेपाल सरकारले भेदभाव गरिरहेको कुरा भने नौलो होइन तर यस्तो विषम परिस्थितिमा चिन्ता र चासो नदिनु भनेको आम नागरिकहरू आशाविहिन र अभिभावक विहीन बन्नु र बनाउनु हो । नेपाल सरकारले कोरोनाको नाममा आमनागरिकसंग ब्यापार गरी रहेको छ तर ब्यवस्थापन भने गर्न सकेको छैन । सबैभन्दा बढी पीडा ,दुख विदेशमा रहेका लाखौंलाख नेपालीले पाइरहेका छन् । पैसा नभएर गरिब हुनुमा हिनताबोध गराइदिएको छ। त्यो पनि व्यक्ति विशेषले नभएर स्वयं नेपाल सरकारले नै । सरकार के गर्दैछ ,कसको लागि हो दुई तिहाईको सरकार ? यो प्रश्न नेपाली नागरिकले नै गरिरहेका छन ।

विश्व आक्रान्त बनेको महिनौं हुँदा, विभिन्न देशहरूले विदेशमा रहेका आफ्नो राज्यको नागरिकका लागि सहायता प्याकेज घोषण गरेका छन् ,स्वदेश नआउनेलाई उतै व्यवस्था पनि गरेका छन् ,देशको अर्थतन्त्रलाई चलायमान बनाईरहेका छन ,अझ धेरै प्रयत्नहरु गरेका छन् । तर हाम्रो सरकार कोरोना नियन्त्रणमा ठूलो धनराशि खर्च भएको गीत गाउनमै मख्ख छ । सरकारलाई दैनिक पिसिआर टेस्ट यति भयो, यति मानिस संक्रमित भए यति निको भए ,यति मरे, यसरी निषेधाज्ञा लगाइयो भन्नेबाहेक अरु कुरामा ध्यान दिनै छोडेको छ । न आफुले बुझ्न सक्छ न अरुले देखाएको बाटो ,विकल्प सही ठान्छ । आफ्नो कुर्सी बचाउन लागि पर्दा लाखौंलाख नेपालीहरुलाई मारमा पारिरहेको छ ।

बिहान उठ्दा दिउँसो या राति आइपुग्ने देशमा, आज विदेशमा रहेका नेपालीहरुका लागि अर्काे ग्रहमा जाने जस्तै असम्भव भएको छ । आज पैसाहुने नागरिक,तर पैसा नहुने अनागरिक बन्नपुगेका छन । पैसा नहुने नेपालीको श्रमिकको दर्जा मात्र खोसिएको छैन ,उद्वारमा योग्य पनि ठानिएको छैन। हिजो रेमिट्यान्सले चलेको देश, विदेशमा रहेका नेपालीको सहायताले चलेको सरकार आजभने उनीहरुलाई नै बेवास्ता गर्दैछ। आज उनीहरू रित्तो हुँदा नागरिकलाई राज्यले पहिचान गर्न सकेको छैन । अहिले न नागरिक महत्वपूर्ण भए न उनीहरूको स्वास्थ्य जीवन नै, न त जोखिममा परेका नागरिकहरु प्राथमिकतामा परे न त पीडा नै सुनियो। यतिबेला,नेपाल सरकारलाई पनि नागरिक भन्दा सबैभन्दा ठूलो रुपैया भएको छ । उद्धारको नाममा ठूलो व्यापार भएको छ। उद्धारको नाममा हेर्ने हो भने नेपाल सरकार सबैभन्दा ठूलो व्यापारी बन्न पुगेको छ । पैसा हुनेलाई नागरिक ठान्दै छ, केही नहुनेलाई मारमा पारेको छ। वास्तवमा जनता गरीब होलान् भन्ठानेको सरकारको मन पनि गरीब नै रहेछ ।

LS Auto

जसरी आज पैसा नहुनेहरु स्वदेश आउनपाएका छैनन् त्यसरी नै हिजो पैसा नहुनेहरु विदेश गएका थिए । देशकालागि रगत पसिना बगाएका थिए, गगन चुम्बीमा चढेर होस् या कोइलाखानीमा च्यापिएर होस् ती सबै नेपाली नै थिए, जसले दुखमात्र गरे ,एक सपना बोकेर जीवन भरि दुःखको भारी बोकी रहे । बदलामा देशलाई अरबौ अरब रुपैयाँ रेमिट्यान्स दिए , सरकारले केहीदिन सकेको छैन । उल्टै सर्वाेच्च अदालतको निर्देशन नै नमानेर नागरिकका मौलिक अधिकार नै लुटिएको छ । आज ति नेपालीहरु विदेशमा अलपत्र छन तर आफ्नै देशमा आउन पाएका छैनन् । विदेशमा श्रम गरि पसिना बगाउन पाएका छैनन् । दुखमा रमाउने र दुखैको संसारमा सपना देख्न सक्ने ठूलो छाती भएका नेपालीहरूको छाती आज निकै दुखिरहेको छ । ४२ डिग्रीले पोल्न नसकेको मन आज नेपाल सरकारको कारण भतभती पोलिरहेको छ । सधै पसिनाका तलाउमा मै रहेका नेपालीहरुको आज आँशुले डुबेका छन् । सरकार हरेक कुराको मुल्य तोकिरहेको छ । सरकार,के पैसा नहुने बित्तिकै जीवनको मूल्य नि नहुने हो त? ती नागरिक बन्ने अधिकार पैसाले निर्धारण गर्ने हो त ? राज्य वा सरकार पैसाले मात्र चल्ने हो त ?यदि हो भने सबै नागरिकलाई बेचेर ,चलाउँ देश !

जति पीडा विदेशमा रहेका नेपालीको सुन्दा लाग्छ त्योभन्दा बढी कहाली लाग्दो पीडा नेपाल सरकारका निर्णय,गतिविधि ,व्यवस्थाले दिइरहेको छ। वास्तविक पीडितलाई पहिलो उद्धार गर्नुपर्नेमा जोसँग पैसा छ ,जसले नियम कार्यान्वयन गर्न सक्छ ,जो होटेलमा बस्दा पैसा बुझाउँछन उनीहरुलाई उद्धार गर्ने निर्णय सुनाउँछ । नेपाल सरकार नागरिकप्रति उत्तरदायी हुन सकेन तर झन कठोर भएको छ, झन निर्दयी भएको छ । लागेको घाउमा मलम लगाउनु पर्नेमा उल्टो घाऊ बनाएर घाइते बनाइएको छ । सरकार भने धेरै गरेँ भनेर विज्ञापन फैलाइरहेको छ । केही साता अघिमात्र दुबई एयरपोर्टमा रहेका २ सय ६० नेपाली यात्रुलाई अलपत्र छोडेर हवाइजहाज रित्तै फर्काइयो । कारण बताइयो क्वारेन्टाइन नभएर । एक हप्ताभित्रमा स्टारवाला होटेलहरू सूचीकृत गरियो, दर रेट तयार गरियो , पैसाको मुठो दिन सक्नेलाई मात्र उद्वारकालागि तयार भयो । उता भने सामान्य नागरिकलाई गहिरो चोट पर्याे । शर्त नमानौं देश फर्कन नपाइने, मानौं पैसाको जोहो गर्न नसकिने । सरकारको यो रवैयाले कसरी हुन्छ उद्वार ? पैसाको तराजुमा नागरिकलाई राखेर ,कारण हलुका हुँदा आफसे आफ पराइहुनु पर्ने किन ,कहिलेसम्म? बरु सरकार भ्रष्टाचार गर्नेलाई अङ्गाल्दै छ । तर गरिब नागरिकले कहाँबाट ल्याउन सक्छन र यो बेला पैसा ? किन बुझ्दैनन् कोही ,सरकारका बुद्धिजिवीहरू ? विभिन्न शर्तहरू प्रतिबद्धताका साथ लिखित रुपमा आत्मसात नगरे विदेशमा अलपत्र नेपालीहरू उतै मर्नुपर्ने ? के ति नागरिक होइनन ? कि सरकारले भन्न सक्नुपर्छ पैसा हुनेमात्र नेपाली नागरिक हुन ,पैसा नहुने नेपाली नागरिक होइनन् । यसरी शर्त माथि शर्तका उर्दी जारी गरेर नेपालीहरूको श्वास रोकिदैछ । यसरी केही हजार रुपैयाँसंग नेपाल सरकार किन बार्गेनिङ गर्दैछ ? उद्दारका नाममा व्यापार किन गर्दैछ ?महिनौं बस्न खान नपाएका नेपालीहरुलाई शर्त माथि शर्त किन थप्दैछ ? टिकटभन्दा अगाडि नोटको गड्डी किन?आज स्वदेशमै भएका नेपालीहरु अस्पताल चाहार्दा चाहर्दै बाटैमा प्राण त्याग्दै छन भने विदेशबाट आएका भन्ना साथ महंगो होटलमा किन?विदेशमा के बन्दीमा पनि पैसाको ओइरो लाग्छ र ?

यहाँ सरकार पैसा हुने को लागि मात्र भएको छ ,आमनागरिकका लागि शत्रु भएको छ । साँच्चै नेपाल सरकार उद्धारको नाममा व्यापार गरिरहेको छ, जिम्मेवारी होइन गैरजिम्मेवार भएको छ । भावुक नभएर कठोर र निर्दयी भएको छ । यस्ता गतिविधि भने सरकारले अब रोक्नुपर्छ । अब नेपाल सरकारले कुनैपनि निर्णय लिन ढिलासुस्ती गर्नुहुँदैन । हरेक नागरिकलाई देशको, अभिभावक भएको आवास गराउनुपर्छ। अहिले पैसा नहुने तर ठूलो मर्कामा परेका नेपाली नागरिकलाई उद्वार गर्न भोलिका दिनमा लागेको खर्च व्यहोर्ने गरि लिखित प्रतिबद्धताका साथ ऋणमा भएपनि विदेशमा रहेका नेपालीलाई फर्काउनुपर्छ । यही विकल्प नै सरकारलाई व्यापार गर्ने उत्तम उपाय हुनसक्छ र विदेशमा रहेका नागरिकका लागि फर्कन राहत हुनसक्छ । ऋण अर्थात पछि पैसा दिने र लिने प्रतिबद्धता !

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.