विदेशमा रहेका नेपालीको उद्धार भित्रको भ्रम र वास्तविकता

१० भदौ ७७, बिहीबार

केही महिना अगाडि लगभग विदेशमा रहेका नेपाली नागरिकको रेमिट्यान्सका आधारमा देश चलिरहेको थियो , अहिले तिनै नागरिकहरु बेसहारा भएका छ्न। उनिहरु अहिले दोस्रो दर्जाका नागरिक सरह हुनपुगेका छन् । नेपाली हुनुमा हिनताबोध महसुस भएको छ। उनीहरूको चिन्ता र चित्कारलाई कसैले पनि सुनिदिएको छैन । हिजो आफू नेपाली हुनुमा गर्व गर्ने लाखाैँ नेपालीहरु आज भने आफ्नो देश र आफैमाथि घृणा गर्दैछन् । आफ्नै नागरिकप्रति नेपाल सरकारले भेदभाव गरिरहेको कुरा भने नौलो होइन तर यस्तो विषम परिस्थितिमा चिन्ता र चासो नदिनु भनेको आम नागरिकहरू आशाविहिन र अभिभावक विहीन बन्नु र बनाउनु हो । नेपाल सरकारले कोरोनाको नाममा आमनागरिकसंग ब्यापार गरी रहेको छ तर ब्यवस्थापन भने गर्न सकेको छैन । सबैभन्दा बढी पीडा ,दुख विदेशमा रहेका लाखौंलाख नेपालीले पाइरहेका छन् । पैसा नभएर गरिब हुनुमा हिनताबोध गराइदिएको छ। त्यो पनि व्यक्ति विशेषले नभएर स्वयं नेपाल सरकारले नै । सरकार के गर्दैछ ,कसको लागि हो दुई तिहाईको सरकार ? यो प्रश्न नेपाली नागरिकले नै गरिरहेका छन ।

विश्व आक्रान्त बनेको महिनौं हुँदा, विभिन्न देशहरूले विदेशमा रहेका आफ्नो राज्यको नागरिकका लागि सहायता प्याकेज घोषण गरेका छन् ,स्वदेश नआउनेलाई उतै व्यवस्था पनि गरेका छन् ,देशको अर्थतन्त्रलाई चलायमान बनाईरहेका छन ,अझ धेरै प्रयत्नहरु गरेका छन् । तर हाम्रो सरकार कोरोना नियन्त्रणमा ठूलो धनराशि खर्च भएको गीत गाउनमै मख्ख छ । सरकारलाई दैनिक पिसिआर टेस्ट यति भयो, यति मानिस संक्रमित भए यति निको भए ,यति मरे, यसरी निषेधाज्ञा लगाइयो भन्नेबाहेक अरु कुरामा ध्यान दिनै छोडेको छ । न आफुले बुझ्न सक्छ न अरुले देखाएको बाटो ,विकल्प सही ठान्छ । आफ्नो कुर्सी बचाउन लागि पर्दा लाखौंलाख नेपालीहरुलाई मारमा पारिरहेको छ ।

बिहान उठ्दा दिउँसो या राति आइपुग्ने देशमा, आज विदेशमा रहेका नेपालीहरुका लागि अर्काे ग्रहमा जाने जस्तै असम्भव भएको छ । आज पैसाहुने नागरिक,तर पैसा नहुने अनागरिक बन्नपुगेका छन । पैसा नहुने नेपालीको श्रमिकको दर्जा मात्र खोसिएको छैन ,उद्वारमा योग्य पनि ठानिएको छैन। हिजो रेमिट्यान्सले चलेको देश, विदेशमा रहेका नेपालीको सहायताले चलेको सरकार आजभने उनीहरुलाई नै बेवास्ता गर्दैछ। आज उनीहरू रित्तो हुँदा नागरिकलाई राज्यले पहिचान गर्न सकेको छैन । अहिले न नागरिक महत्वपूर्ण भए न उनीहरूको स्वास्थ्य जीवन नै, न त जोखिममा परेका नागरिकहरु प्राथमिकतामा परे न त पीडा नै सुनियो। यतिबेला,नेपाल सरकारलाई पनि नागरिक भन्दा सबैभन्दा ठूलो रुपैया भएको छ । उद्धारको नाममा ठूलो व्यापार भएको छ। उद्धारको नाममा हेर्ने हो भने नेपाल सरकार सबैभन्दा ठूलो व्यापारी बन्न पुगेको छ । पैसा हुनेलाई नागरिक ठान्दै छ, केही नहुनेलाई मारमा पारेको छ। वास्तवमा जनता गरीब होलान् भन्ठानेको सरकारको मन पनि गरीब नै रहेछ ।

Advertisement

जसरी आज पैसा नहुनेहरु स्वदेश आउनपाएका छैनन् त्यसरी नै हिजो पैसा नहुनेहरु विदेश गएका थिए । देशकालागि रगत पसिना बगाएका थिए, गगन चुम्बीमा चढेर होस् या कोइलाखानीमा च्यापिएर होस् ती सबै नेपाली नै थिए, जसले दुखमात्र गरे ,एक सपना बोकेर जीवन भरि दुःखको भारी बोकी रहे । बदलामा देशलाई अरबौ अरब रुपैयाँ रेमिट्यान्स दिए , सरकारले केहीदिन सकेको छैन । उल्टै सर्वाेच्च अदालतको निर्देशन नै नमानेर नागरिकका मौलिक अधिकार नै लुटिएको छ । आज ति नेपालीहरु विदेशमा अलपत्र छन तर आफ्नै देशमा आउन पाएका छैनन् । विदेशमा श्रम गरि पसिना बगाउन पाएका छैनन् । दुखमा रमाउने र दुखैको संसारमा सपना देख्न सक्ने ठूलो छाती भएका नेपालीहरूको छाती आज निकै दुखिरहेको छ । ४२ डिग्रीले पोल्न नसकेको मन आज नेपाल सरकारको कारण भतभती पोलिरहेको छ । सधै पसिनाका तलाउमा मै रहेका नेपालीहरुको आज आँशुले डुबेका छन् । सरकार हरेक कुराको मुल्य तोकिरहेको छ । सरकार,के पैसा नहुने बित्तिकै जीवनको मूल्य नि नहुने हो त? ती नागरिक बन्ने अधिकार पैसाले निर्धारण गर्ने हो त ? राज्य वा सरकार पैसाले मात्र चल्ने हो त ?यदि हो भने सबै नागरिकलाई बेचेर ,चलाउँ देश !

जति पीडा विदेशमा रहेका नेपालीको सुन्दा लाग्छ त्योभन्दा बढी कहाली लाग्दो पीडा नेपाल सरकारका निर्णय,गतिविधि ,व्यवस्थाले दिइरहेको छ। वास्तविक पीडितलाई पहिलो उद्धार गर्नुपर्नेमा जोसँग पैसा छ ,जसले नियम कार्यान्वयन गर्न सक्छ ,जो होटेलमा बस्दा पैसा बुझाउँछन उनीहरुलाई उद्धार गर्ने निर्णय सुनाउँछ । नेपाल सरकार नागरिकप्रति उत्तरदायी हुन सकेन तर झन कठोर भएको छ, झन निर्दयी भएको छ । लागेको घाउमा मलम लगाउनु पर्नेमा उल्टो घाऊ बनाएर घाइते बनाइएको छ । सरकार भने धेरै गरेँ भनेर विज्ञापन फैलाइरहेको छ । केही साता अघिमात्र दुबई एयरपोर्टमा रहेका २ सय ६० नेपाली यात्रुलाई अलपत्र छोडेर हवाइजहाज रित्तै फर्काइयो । कारण बताइयो क्वारेन्टाइन नभएर । एक हप्ताभित्रमा स्टारवाला होटेलहरू सूचीकृत गरियो, दर रेट तयार गरियो , पैसाको मुठो दिन सक्नेलाई मात्र उद्वारकालागि तयार भयो । उता भने सामान्य नागरिकलाई गहिरो चोट पर्याे । शर्त नमानौं देश फर्कन नपाइने, मानौं पैसाको जोहो गर्न नसकिने । सरकारको यो रवैयाले कसरी हुन्छ उद्वार ? पैसाको तराजुमा नागरिकलाई राखेर ,कारण हलुका हुँदा आफसे आफ पराइहुनु पर्ने किन ,कहिलेसम्म? बरु सरकार भ्रष्टाचार गर्नेलाई अङ्गाल्दै छ । तर गरिब नागरिकले कहाँबाट ल्याउन सक्छन र यो बेला पैसा ? किन बुझ्दैनन् कोही ,सरकारका बुद्धिजिवीहरू ? विभिन्न शर्तहरू प्रतिबद्धताका साथ लिखित रुपमा आत्मसात नगरे विदेशमा अलपत्र नेपालीहरू उतै मर्नुपर्ने ? के ति नागरिक होइनन ? कि सरकारले भन्न सक्नुपर्छ पैसा हुनेमात्र नेपाली नागरिक हुन ,पैसा नहुने नेपाली नागरिक होइनन् । यसरी शर्त माथि शर्तका उर्दी जारी गरेर नेपालीहरूको श्वास रोकिदैछ । यसरी केही हजार रुपैयाँसंग नेपाल सरकार किन बार्गेनिङ गर्दैछ ? उद्दारका नाममा व्यापार किन गर्दैछ ?महिनौं बस्न खान नपाएका नेपालीहरुलाई शर्त माथि शर्त किन थप्दैछ ? टिकटभन्दा अगाडि नोटको गड्डी किन?आज स्वदेशमै भएका नेपालीहरु अस्पताल चाहार्दा चाहर्दै बाटैमा प्राण त्याग्दै छन भने विदेशबाट आएका भन्ना साथ महंगो होटलमा किन?विदेशमा के बन्दीमा पनि पैसाको ओइरो लाग्छ र ?

Advertisement

यहाँ सरकार पैसा हुने को लागि मात्र भएको छ ,आमनागरिकका लागि शत्रु भएको छ । साँच्चै नेपाल सरकार उद्धारको नाममा व्यापार गरिरहेको छ, जिम्मेवारी होइन गैरजिम्मेवार भएको छ । भावुक नभएर कठोर र निर्दयी भएको छ । यस्ता गतिविधि भने सरकारले अब रोक्नुपर्छ । अब नेपाल सरकारले कुनैपनि निर्णय लिन ढिलासुस्ती गर्नुहुँदैन । हरेक नागरिकलाई देशको, अभिभावक भएको आवास गराउनुपर्छ। अहिले पैसा नहुने तर ठूलो मर्कामा परेका नेपाली नागरिकलाई उद्वार गर्न भोलिका दिनमा लागेको खर्च व्यहोर्ने गरि लिखित प्रतिबद्धताका साथ ऋणमा भएपनि विदेशमा रहेका नेपालीलाई फर्काउनुपर्छ । यही विकल्प नै सरकारलाई व्यापार गर्ने उत्तम उपाय हुनसक्छ र विदेशमा रहेका नागरिकका लागि फर्कन राहत हुनसक्छ । ऋण अर्थात पछि पैसा दिने र लिने प्रतिबद्धता !

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top