प्रतिनिधि सभाका उम्मेद्वारलाई एम्बुस थाप्ने योजनाकार पक्राउ

विराटनगर ः प्रतिनिधिसभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकारलाई ५ महिना पछि प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पक्षका उदयपुरका जनसरकार प्रमुख तथा जिल्ला कमिटी सदस्य उदयपुरगढी गाउँपालिका ५ का जितबहादुर पुलामी मगरलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकीको सहयोगमा मगरलाई त्रियुगा नगपालिका ७ चुहाडे कालीखोला क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्ररही प्रमुख डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।

Advertisement

मगर विद्युतीय धराप थाप्ने मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको रेकर्डमा काँग्रेस उमेदवार कार्कीलाई लक्षित गरी मगरले २०७४ मंसिर १३ गते उदयपुरगढी गाउँपालिका ६ नेपालटार दनुवारबेसीमा विद्युतीय धराप थापी अङ्गभङ्ग बनाएका थिए । कार्कीसँगै ९ जना घाइते भएका थिए । घाइते कार्की काठमाण्डौमा उपचार गराएर शुक्रबार (हिजो) मात्र डिस्र्चाज भई घर फर्केका छन् ।

Advertisement

त्यसैगरी २०७४ मंसिर १२ गते त्रियुगा नगरपालिका ७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का उमेदवार हिमाल कार्कीको घरमा भएको बम विस्फोट मगरले नै गराएको प्रहरीको आरोप छ ।

प्रहरीको रेकर्डमा मगर विभिन्न समयमा बम विस्फोट गराएर क्षति र्पुयाएको, गएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उमेदवारलाई लक्षित गरी बिद्युतीय र बम पडकाएको जस्ता रेकर्ड छन्,’ डिएसपी अधिकारीले भने, ‘गएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलाई लक्षित गरी बम पड्काउने योजनाकार भएको प्रमाण प्रहरीले फेला पारेको छ ।’जनसरकार प्रमुख मगरलाई प्रहरीले ज्यान मार्ने उद्योगअन्र्तगतको मुद्दा चलाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top