Nepal Times
Nepal Times
3
Shares

अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने ः मन्त्री विष्ट

अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने ः मन्त्री विष्ट

काठमाडौँ, १५ वैशाख ः श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने बताएका छन् ।

श्रम विभागको ‘१८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाडौंँमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुरा बताएका हुन् ।
“व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा गरेको व्यवस्थालाई कडाइका साथ पालना गराउन सरकारी निकायले सक्रिय भूमिका खेल्नेछ ।” उनले भने ।
मन्त्री विष्टले श्रमिकको हकअधिकार थप सुनिश्चित गर्नका लागि अपुग प्रावधान सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा सुधार गर्नका लागि सम्बन्धित औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, सरकारी कार्यालय, विभिन्न संस्थान, श्रमिक र श्रमिकसँग सरोकार राख्ने संघ संस्था सबैको सामूहिक सहयोग हुन जरुरी रहेको उनले उल्लेख गरे ।

श्रम विभागले आयोजना गरेको प्रभातफेरि कार्यक्रममा श्रम युनियनका प्रतिनिधि, टेक्निकल कलेजका विद्यार्थी, रोजगारदाता व्यक्तिको सहभागिता रहेको थियो ।

प्रभातफेरि वसन्तपुरबाट शुरु भएर टुँडिखेलमा आएर समापन भएको थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.