Nepal Times
Nepal Times
3
Shares

चिकित्सा शिक्षा अध्यादेश खारेजको माग राख्दै आमरण अनसन

चिकित्सा शिक्षा अध्यादेश खारेजको माग राख्दै आमरण अनसन

विराटनगर —सरकार र डा.गोविन्द केसी बीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन सुरु गरेका छन् ।

थापा ८ सुत्रीय माग राख्दै तीन दिनदेखि आमरण अनसनमा बसेका छन् । केसीका माग पूरा गरे चिकित्सा शास्त्र अध्यापनमा सिन्डिकेट हुने भन्दै आमरण अनसन बसेको थापाले बताए ।

थापाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ खारेज गर्न, नेपाली विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सी बन्द गर्न, आईओएम डीन डा.जगदीश अग्रवाललाई पदमुक्त गर्न, डा. केसी अनसन बसेका दिनको तलब भक्ता फिर्ता माग्न र मेडिकल शिक्षाका लागि विदेश पठाउन रोक लगाउन माग गरेका छन् ।

अनसन सुरु गर्नुअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल र कानुन मन्त्री शेरबहादुर तामाङलाई ज्ञापन पत्र बुझाइएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.