आफन्तको पहिचान नहुँदा साउदीमा ४ महिनादेखि एक नेपालीको शव अलपत्र

११ भदौ ७७, शुक्रबार

योगेन्द्र योगी
१२ भदौ, दोहा ।
बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ । साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शव अलपत्र अवस्थामा रहेको छ ।

Advertisement

साउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोकेर आफन्तलाई खोज्ने प्रयास गरिरहेको प्रवासी नेपाली समन्वय समितिका बाह्य सम्पर्र्क संयोजक नारायण पासवानले जानकारी दिए ।

प्रहरीले नेपाली दूतावासमा थापाले आत्महत्या गरेको जानकारी दिएको थियो । प्रहरीले जानकारी दिएपछि दूतावासले थापाको नेपालको ठेगाना र आफन्त खोजी गर्दा नभेटेको सम्पर्क संयोजक पासवानले बताएका छन् ।

Advertisement

उनले गत मे महिनामा आत्महत्या गरेपनि अहिलेसम्म आफन्तको पहिचान नहुँदा ४ महिनादेखि शव साउदीमा अलपत्र परेको पासवानले बताए ।

मृतक थापा गैरकानुनी रुपमा रहेर काम गरेको कारण पनि उनको पहिचान गर्न थप समस्या भएको छ भने हस्तलिखित पासपोर्ट भएकाले नामबाहेक अन्य कुनै जानकारी पाउन नसकेको उनले बताए । मृतकको बारेमा जानकारी भए नेपाली दूतावासमा सम्पर्क आग्रह गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top