पीसीआर शुल्क सरकारले ताेकेभन्दा बढी असुल्दै निजी अस्पतालहरू

११ भदौ ७७, शुक्रबार

काठमाडौँ : निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी लिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेकामा कतिपय निजी अस्पतालले ७ हजार ५ सय रुपैयाँसम्म असुलेको भेटिएको छ ।

पीसीआर गराउन आवश्यक पर्ने भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट र अन्य खर्च बजार मूल्यअनुसार बढीमा २ हजार ५ सय मात्रै पर्छ । तर, सरकारले पीसीआर गर्न ५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । सरकारले पीसीआर गराउने शुल्क नघटाउँदा निजी र सरकारी अस्पतालले समेत पीसीआरलाई नाफा कमाउने आधार बनाइरहेका छन् । धापासीको ग्रान्डी अस्पतालले ७ हजार ५ सय रुपैयाँ पीसीआर परीक्षण शुल्क लिने गरेको छ । ‘हाम्रोमा पीसीआर परीक्षण हुँदैन, अन्यत्र लैजानुपर्ने भएकाले ढुवानी र स्वाब निकाल्न खटिएका कर्मचारीको पारिश्रमिकका लागि ७ हजार ५ सय रुपैयाँ लिने गरेका छौं,’ अस्पताल प्रशासनकी अर्चना प्रधानले भनिन्, ‘हाम्रोमै पीसीआर हुने हो भने सरकारले तोकेकै मूल्यमा गर्न सकिन्थ्यो ।’

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले पनि भर्ना हुने बिरामीसँग ७ हजार ५ सय रुपैयाँ लिएर स्वाब संकलन गर्ने गरेको छ । स्वाब संकलन गरेर अनुमति प्राप्त अस्पतालमा पीसीआर गराउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेको शुल्कमा १० प्रतिशतसम्म बढी लिन पाइन्छ । प्रयोगशालाका अनुसार ग्रान्डी र नेपाल क्यान्सर अस्पतालले ६ हजार ५० रुपैयाँ मात्रै लिन पाउँछन् । यी दुई अस्पतालले सरकारले निर्धारण गरेको भन्दा १ हजार ४ सय ५० रुपैयाँ बढी शुल्क लिइरहेका छन् ।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर गराउन स्वीकृत लिएकै अस्पतालले समेत महँगो शुल्क लिएको पाइएको छ । यसरी शुल्क लिनेमध्येको एक हो, ललितपुरको मेडिसिटी अस्पताल । यो अस्पतालले पीसीआर परीक्षण गर्न नेपालीसँग ६ हजार रुपैयाँ र विदेशीसँग ७ हजार रुपैयाँ लिने गरेको छ । ‘सरकारले तोकेको ५ हजार ५ सय हो तर पीपीई र स्वाब संकलन गर्ने भीटीएमका लागि हामीले थप १० प्रतिशत लिने गरेका छौं,’ अस्पतालका डा. नरेन्द्र तिमिल्सेनाले भने ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top