बेलबारीमा दिउँसै ‘ग्याङ फाइट’ : १ को मृत्यु, ४ जना घाईते

१२ भदौ, विराटनगर ।
मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्र पुलमा ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु भएको छ ।घटनामा अन्य चार जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो १ बजेको समयमा सामान्य वादविवादमा खुकुरी र बन्चरोलगायतका हरियारसहितको झडपमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

राईका अनुसार स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ का गौरव राईको समूहबीच वादविवाद भई सुरुमा चाैधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको थियो ।

Advertisement

मादकपदार्थ सेवन गरेकादुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डीएसपी राईले बताए । झडप गर्ने दुवै पक्ष एक आपसका छिमेकी रहेका छन् । घटनामा घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको छ भने सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन् । अर्का समूहका पनि चौधरी घाइते भएका छन । उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको  प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले खोजी भइरहेको डीएसपी राईल बताए । उनीहरुबीचमा बिहीबार के विषयमा विवाद भएको थियो भन्ने खुल्न बाँकी रहेको राईले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top