Nepal Times
Nepal Times
3
Shares

हातेमालोकाे अभियान जारी

हातेमालोकाे अभियान जारी

टेकराज बन्जरा
विराटनगर,बैशाख १५ ः परिवर्तनका लागी हातेमालोले आज ११औँ हप्ता पनि सरसफाई लगायतका विभिन्न कार्यक्रम गरेको छ ।

सहभागीहरुले आज विराटनगरको पुष्पलालचौकमा सरसफाई, जेब्रा क्रसिगं बनाउनुका साथै ठाउँ–ठाउँमा ट्राफिक नियम सम्बन्धी बोर्डहरु झुन्ड्याएका छन् ।

परिवर्तनका लागी हातेमालोको उक्त कार्यक्रममा पत्रकार, स्थानीय सरोकारवाला,ट्राफिक प्रहरी साथै विराटनगर महानगरको दमकल टिम लगायतको संलग्नता रहेको थियो ।

विराटनगर महानगरका ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले पनि कार्यक्रमको सुरुदेखि अन्त्यसम्म साथ दिएका थिए । परिवर्तनका लागि हातेमालोले उल्लेखनीय काम गरेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै अभियान्ता विनोद परीयारले सबैको सहयोगले आफुलाई हौसला मिलेको र आगामी दिनमा पनि सामाजिक कामका लागि सबैको साथ चाहिएको बताए ।

परिवर्तनका लागि हातेमालोले सरसफाई लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.