विराटनगर, बैशाख १५ ः मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन् ।
सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने १८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ । उनको शनबिार दिउँसो २ बजेतिर पिपलको रुख मुनी बसिरहेको अबस्थामा हावाहुरी संगे परेको चट्याङ लाग्दा घटनास्थलमानै मृत्यु भएको हो।
उनकै साथी २५ बर्षिय मिठू मण्डल गम्भीर घाईते भएका छन् । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
यस्तै मोरङको बिराटनगर महानगरपालिका –१४ जतुवा बस्ने ४५ बर्षिया रुपमणी यादव, उनकै छोरी १६ बर्षिया भुकली यादव र छिमेकी २६ बर्षिय भुल्टेन यादव दिउँसो १२ बजे परेको चट्याङ लागेर घाइते भएका छन्।
घाइते सबैको कोशी अन्चल अस्पताल बिराटनगरमा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।