Nepal Times
Nepal Times
3
Shares

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सुनसरी, वैशाख १६ः सुनसरीको दुहवी नगरपालिका–८ स्थित जुट मिल नजिकै शनिबार भएको मोटरसाइकल दुर्घटनामा परी चालककको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक सुनसरी गडी गाउँपालिका–२ भमरी बस्ने अन्दाजी २८ बर्षिय दिपेन्द्र बस्नेत रहेका छन्।

बस्नेत सवार उक्त मोटरसाइकलले बेलुका १० बजेतिर साईकलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो । ठक्करबाट साईकलयात्री जिल्ला मोरङ ग्रामथान गाउँपालिका स्थित नडिया टोल बस्ने २५ बर्षिय कमल चौधरी र मोटरसाइकल पछाडी सवार दुहवी नगरपालिका–८ बस्ने अन्दाजी २६ बर्षिय प्रमोद बस्नेत सामान्य घाइते भएका छन्।

उनीहरुको कोशी अन्चल अस्पताल र जिवन ज्योती मेडिकल दुहवीमा उपचार भइरेहको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.