Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्रीले पहिलो पटक प्रदेशसभामा सम्बाेधन गर्दै

प्रधानमन्त्रीले पहिलो पटक प्रदेशसभामा सम्बाेधन गर्दै

बुटवल, १६ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन् ।

प्रदेशसभामा गर्ने उनकोे यो पहिलो सम्बोधन हो ।

आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ ।

संसद् सचिवालयका सचिव डा. मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गरेका छन् ।

प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.