त्रिविका वार्षिक परीक्षा दशैंपछि मात्रै

१३ भदौ ७७, शनिबार
Share this
708shares

१३ भाद्र, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने भएका छन् ।

Advertisement

कारोनाको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।

यसअघि लकडाउन खुलेसँगै गाडी चल्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । तर अब त्रिवि दशैंअघि परीक्षा गर्ने योजनाबाट पछि हटेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी भएको छ ।

Advertisement

पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top