बाराकी ४७ वर्षीया कोरोना संक्रमितको मृत्यु

१२ भदौ ७७, शनिबार

१३ भाद्र, चितवन ।
शनिबार बिहान चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको निजगढ–७ बस्ने ४७ वर्षकी संक्रमित महिलाको निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । शनिबार बिहान सात बजेर ५३ मिनेट जाँदा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मिर्गौलासम्बन्धी पीडित रहेको अस्पतालले बताएको छ ।

साउन २६ गते सीएमसीमा भर्ना भएर उनको डायलसिस भइरहेको थियो । श्वासप्रश्वासमा जटिलता देखिएपछि परीक्षण गरेर हेर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकेको अस्पतालको भनाइ छ ।

Advertisement

सीएमसीमा अहिले पनि ४१ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । तीमध्ये १९ जनाको अवस्था गम्भीर र जोखिमपूर्ण रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । चितवनमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

तीमध्ये चारजना चितवनका हुन् । अरु अन्य जिल्लाका हुन् । भरतपुरमा मृत्यु हुने संक्रमितमध्ये तीनजना हेटौंडाकै छन् । बारासहित, गोरखा र कैलालीका एक एकजना व्यक्तिको पनि संक्रमण देखिएपछि उपचारकै क्रममा भरतपुरमा ज्यान गएको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top