दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृतक बढे दर्जन)
एकै दिन १४ सहित आजसम्म नेपालमा २ सय २१ जना कोरोना संक्रमितको मृत्यु /आज थप १ हजार २ सय २१ सहित कुल संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुग्यो / २० हजार ८ सय २२ जना डिस्चार्ज ।

२.(आज यस्तो छ ?)
आज आइतबार सम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर ७ हजार ७ सय ९७ जना विभिन्न क्वारेन्टिनमा /१७ हजार ५ सय १८ जना आइसोलेसनमा ।

३.(प्रदेशको कोरोना)
विराटनगरमा ४२ सहित मोरङमा ४५ गरी प्रदेश १ मा आज थपिए ९५ संक्रमित /प्रदेश १ मा संक्रमितको संख्या ३ हजार ३ सय ११ पुग्यो/१ हजार ५ सय ३४ जना डिस्चार्ज ।

४.(कहरमा काठमाडौंं)
पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै ४ सय २९ संक्रमित काठमाडौं जिल्लामा भेटिए /उपत्यकामा जारी निषेधाज्ञाको ११ औं दिन जनजीवन प्रभावित /उपत्यकाभित्रका होटललाई आइसोलेसन बनाउने तयारी ।

५.(देश भित्रको अवस्था)
हाल देशभर निषेधाज्ञा लगाउनेको क्रम घट्दो /गुल्मी, पाँचथर र कालीकोट गरी तीन जिल्लामा निषेधाज्ञा हट्यो /हाल ३९ जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक गरी ४९ जिल्लामा निषेधाज्ञा कायम ।

६.(शुल्कको समस्या)
कोरोना संक्रमण रहे/नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने स्वास्थ्य मन्त्रालयको निर्णय/अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने ।

७.(तात्यो प्रशासन)
कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, संक्रमित र तिनको परिवारमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको निर्देशन/अभद्र व्यवहार गर्नेलाई एक वर्ष कैद र १० हजारसम्म जरिवाना वा दुवै हुन सक्ने ।

८. (समानताको आवाज)
सरकारी कर्मचारीसरह सेवा सुविधाको माग गर्दै निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरु आन्दोलित /माग पूरा नभएसम्म हातमा कालोपट्टि बाँधेरै काम गर्ने ।

९.(बीमामा आकर्षण)
हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बीमा समितिको भनाई/९५ संक्रमितले बुझे कोरोना बीमा/अहिले करिब २ सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी ।

१०.(आ—आफ्नै समस्या)
निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने ई–कमर्स कम्पनीहरुले पालना गर्नुपर्ने मापदण्ड बनाउन समिति गठन /होम डेलिभरीलाई बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म निर्वाध सञ्चालन गर्न दिन माग ।

११.(कैदीलाई नमार)
कोरोना संक्रमण देखिएका कारागारका सम्पूर्ण व्यक्तिको पिसिआर परीक्षण गर्न गृह मन्त्रलायलाई राज्यव्यवस्था समितिको निर्देशन /स्वास्थ्य स्थिति हेरेर कैदी बन्दीहरुलाई प्यारोलमा राख्न, खुल्ला कारागारमा राख्न सुझाव ।

१२.(उड्ने तयारी)
सेप्टेम्बर १ देखि हुने नियमित अन्तर्रराष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी पूरा /एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुने/आन्तरिक उडान भने अझै अनिश्चित ।

१३.(श्रमबजार कहिले ?)
अन्तर्राष्ट्रिय उडान पूर्ववत अवस्थामा आएपछि वैदेशिक रोजगारमा जाने श्रमिकलाई श्रमस्वीकृति प्रदान गर्ने श्रममन्त्री रामेश्वर राय यादवको भनाई /अनालेखबद्ध श्रमिक अवस्था आउन नदिन नेपाली दूतावासबाटै पुनःश्रम स्वीकृतिको व्यवस्था गर्न लागिएको उल्लेख ।

१४.(सरकार नै पीडक ? )
पीडकहरु नै सरकारमा रहेकोले बेपत्ता परेका व्यक्तिको समस्या समाधान हुन नसकेको बेपत्ता पारिएका व्यक्ति छानविन आयोगका पूर्व अध्यक्ष लोकेन्द्र मल्लिकको भनाई/सरकारले आयोगलाई स्रोत साधन र कानून नबनाइदिनाले समाधान भन्दा समय लम्ब्याउँदै लैजाने अभिप्राय देखिएको उल्लेख ।

र,

१५.(भयवित विश्व)
कोरोना महामारीका कारण विश्वभर ८ लाख ४७ हजार बढीको मृत्यु/२ करोड ५१ लाख बढी संक्रमित/१ करोड ७५ लाख बढी निको भए /भारतमा हालसम्मकै धेरै ७९ हजार बढी संक्रमित थपिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top