भरतपुर अस्पतालमा ७८ वर्षीय संक्रमितको निधन

१४ भदौ ७७, सोमबार

१५ भाद्र, चितवन ।
सोमबार बिहान भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो । अस्पतालले निकालेको सूचनामा ती व्यक्तिमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले उल्लेख गरेको छ ।

शुक्रबारयता चितवनमा दिनहुँ संक्रमितको मृत्यु हुन थालेको छ । शुक्रबार एकैदिन तीन जना, शनिबार दुई जना, आइतबार र आज सोमबार एक एकजना गरी पछिल्लो चार दिनमा सात जनाको मृत्यु भएको छ । योसहित चितवनमा निधन हुने संक्रमितको संख्या १३ पुगेको छ ।

उपचारको क्रममा चितवनमा अहिलेसम्म १३ जना संक्रमितको ज्यान गए पनि चितवनका मात्रै योसहित ६ जना छन् । अरु चितवनबाहिर घर भई उपचारका लागि भरतपुर आएका व्यक्तिहरु हुन् । चितवनमा भदौअघि दुई जनाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top