NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन ः प्रधानमन्त्री

आइतवार बैशाख १६ , २०७५
A A
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन ः प्रधानमन्त्री

k|wfgdGqL cf]nL k|b]z;ef a}7snfO{ ;Daf]wg ug'{x'b} k|wfgdGqL s]kL zdf{ cf]nL klxnf] k6s cfO{taf/ a'6jnl:yt k|b]z g+= % k|b]z;ef a}7snfO{ ;Daf]wg ug'{x'b} . t:aL/ M e/t s]=;L=, a'6jn

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बुटवल, १६ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए ।

LS Auto

प्रधानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए ।

लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्षलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने स्पष्ट पारे ।

नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउनेसमेत बताए ।

उनले विगतमा छिमेकी देशसँगको सम्बन्ध केही समस्या भए पनि अहिले वर्तमान अवस्थामा ती समस्याको समाधानको बाटोमा रहेको बताउँदै हिजोको जस्तो अवस्था नभएर हाम्रा छिमेकीसँगको सम्बन्ध सुमधुर रहेको बताउँदै भने, “हामीले छिमेकीसँगको सम्बन्ध र अन्य देशसँगको सम्बन्ध एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा बराबरी छ र आफ्ना आन्तरिक मामिलामा अरुको रुचि, चासो, स्वार्थ घुस्न दिनुहुन्न भन्ने कुरालाई हामीले स्थापित गरेका छौँ ।”

उनले आफ्नो भारत भ्रमणमा भएका कुराहरु र दुवै देशका प्रधानमन्त्रीलगायत अन्य नेताले बोलेका कुरा र संयुक्त प्रेस वक्तव्यजस्ता कुराबाट अब बराबरीको आधारमा सम्बन्ध स्थापित भएको मान्यतालाई स्थापित गरिएको समेत प्रदेशसभा बैठकलाई सम्बोधनमा बताए ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले सबैभन्दा धेरै उपलब्धि दिलाएको भन्दै सरकारको अबको ध्यान सामाजिक न्याय र समानतातर्फ केन्द्रित रहेको बताए । उनले लोकतन्त्रलाई वास्तविक अर्थमा व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आचरणमा र समाजको जीवनपद्धतिका रुपमा अपनाइने बताए ।

उनले लोकतन्त्रलाई राजनीतिक अधिकार प्राप्तिको मात्र नभएर प्रत्येक जनताको खान, लाउन, बस्न पाउने, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार र उन्नति र प्रगतिका लागि आर्थिक जीवन, समाजमा समान हैसियत कायम गर्नका लागि सामाजिक समानता कायम गर्ने विषयमा पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्ने प्रष्ट पारे ।

उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित थुप्रै क्षेत्रसँगै अन्य महत्वपूर्ण धार्मिकस्थानको संरक्षण, विकास र प्रचारप्रसार गरेर प्रदेशमा निकै ठूला अवसर रहेको भन्दै उनले सो अवसरको उपयोग गर्नसमेत आग्रह गरे । धार्मिक पर्यटन, सांस्कृतिक, पर्यटन, कृषि, उद्योग, व्यापारलगायत धेरै सम्भावना प्रदेश नं ५ मा रहेको बताउँदै यसको योजनाबद्ध विकासमा लाग्नसमेत निर्देशन दिए । तत्काल आफ्नो स्रोतसाधनले मात्रै सबैखाले विकास गर्न र आर्थिक समृृद्धि गर्न सम्भव नभए छिमेकीको सहयोग र सीपको पनि उपयोग गर्न सकिने उनले बताए ।

उनले महिला पछाडि परेका वर्ग र समुदायबीचमा रहेको असमानता हटाउन संविधानमा व्यवस्था भएअनुसारका क्रियाकलाप गर्न र वास्तविक रुपमै असमानता हटाउनसमेत लाग्न आग्रह गरे ।

मुलुकको विकास, समृद्धि तथा प्रदेश सरकारलाई बलियो बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउँदै उनले प्रदेशलाई बलियो बनाउन सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीले जनता बलियो भएमा मात्रै लोकतन्त्र बलियो हुने भएकाले सुशासन र स्वच्छतालाई प्राथमिकतामा राखी आर्थिक समृद्धिको दिशामा सरकार अघि बढेको पनि बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि नेपाली अब खान नपाएर र चिसोले कठ्याँग्रिएर मरे भन्ने सुन्न नपर्ने बताए ।

उनले जनतालाई सुशासन दिन आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै भने, “म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ ।”

प्रधानमन्त्री ओलीले ‘सिण्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता नहुने र कानूनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिनेजस्ता कार्यसँग सम्झौता नगरिनेसमेत स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आकाशको अधिकार लिने र विमानहरु चल्ने बताउँदै आफूले भारत भ्रमणमा जाँदा पनि यो कुरा राखेको बताए ।
रासस

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.