Nepal Times
Nepal Times
3
Shares

जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते

जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते

डडेल्धुरा, १६ वैशाख ः डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।

जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हँुदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

जिपको ब्रेकफेल हँुदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारणको भनाइ छ । घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराए । घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.