Nepal Times
Nepal Times
3
Shares

धर्मगुरु आचार्य उपचारपछि घर फर्कीए

धर्मगुरु आचार्य उपचारपछि घर फर्कीए

विराटनगर, १६ वैशाख ः केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्कीएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ ।

धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए ।

दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो ।

उनलाई सघन कक्षमा राखी वरिष्ठ चिकित्सक सुदीप खनियाँको समूह उपचारमा जुटेको थियो ।

घटनापछि प्रहरीले शंकास्पद दुईजनालाई पक्राउ गरेपनि अनुसन्धानपछि छुटेका थिए भने अपराधी अहिलेसम्म पक्राउ नपरेकोमा धार्मिक अनुयायीहरुले आलोचना गर्दै आएका छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.