विराट टिचिङ हस्पिटलमा पत्थरी बिरामीका लागि नयाँ प्रविधि

विराटनगर ः विराटनगरमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पत्थरी भएका बिरामीहरुका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको छ ।

किड्नी र पिसाब नलीमा पत्थरी भएका बिरामीहरुको संख्या बढेपछि बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालले उक्त होल्मियम लेजर प्रविधि प्रयोगमा ल्याएको हो ।

पुर्वाञ्चलमा पहिलोपटक होल्मियम लेजर प्रविधि सेवा सुरु गर्ने विराट मेडिकल कलेज नै रहेको विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताए।

पुर्वाञ्चल बाहेक काठमाण्डौंका केही अस्पतालमा मात्रै यो सेवा संचालनमा रहेको छ । होल्मियम लेजर प्रविधि सेवा सुरु भएसंगै बिरामीले कुनै किसिमको चिन्ता गर्ननपर्ने उनको भनाई छ ।

बिरामीलाई न्युन शुल्कमा अत्याधुनिक उपकरण मार्फत भरपर्दो उपचार गर्ने उदेश्यले नयाँ प्रविधि भित्राएको पनि कार्कीले बताए ।
यो प्रविधिबाट उपचार गर्दा सुरुवाती दिनमा बिरामीलाई २० प्रतिशत छुट दिएको कलेजले जनाएको छ ।

Scroll to Top