Nepal Times
Nepal Times
3
Shares

मोरङको दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु ६ जना घाइते

मोरङको दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु ६ जना घाइते

विराटनगर, वैशाख १८ः मोरङको दुई ठाउँमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्।

ग्रामथान गाउँपालिका–५ कौशलिया चौक स्थित विराटनगर बिराटचौक सडक खण्डमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप अपरान्ह ४ बजेतिर आपसमा ठोक्किदा कारमा सवार झापाका ५० बर्षिय जय सिंह राजबंशी र मोरङ जहदा बस्ने अन्दाजी ३६ बर्षिय बिनोद साह सोनारको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ । यसैगरी कटहरी बस्ने २८ बर्षिय जितेन्द्र साह र कारका चालक मोरङ कर्सिया बस्ने २४ बर्षिय दिनेश राजवंशी गम्भिर घाइते भएका छन्।

उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ प्रहरीले जनाएको छ । दुवै सवारी साधन र पिकअपका चालकलाई प्रहरी चौकी झोराहाटले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका–१ स्थित विराटनगर बिराटचोक सडक खण्डमा ना ४ त ५७०२ नम्बरको ट्याक्टर बिजुलीको पोलमा ठोक्किदा चार जना घाईते भएका छन् ।

ट्याक्टर साँझ ६ बजे तिर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा परी ट्याक्टरमा सवार बेलबारी नगरपालिका–८ बस्ने १७ बर्षिय कारण खवास, ६० बर्षिया छिटकी राजवंशी, १४ बर्षिय शिब नारायण खवास र १६ बर्षिया निर्मला खवास घाइते भएका छन्।

घाइते चारै जनाको स्थानीय मेडिकल हरैचामा उपचार भइरेहको छ भने ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.