Nepal Times
Nepal Times
3
Shares

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

रसुवा, १८ वैशाख ः लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिँदैछ ।

लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गर्न लागिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताए ।

लाङ्टाङ क्षेत्रमा दोस्रो पटक हुने म्याराथन दौडमा १०० भन्दा बढी धावक सहभागी हुनेछन् । विगत वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले जानकारी दिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.