शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

१८ बैशाख ७५, बुधबार

याङ्गुन, १९ वैशाख ः हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ ।

केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने सम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौतालाई सहयोग गर्ने भएको बताएको छ ।

अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिहरुसँग मङ्गलबार भएको भेटवार्तापछि म्यानमाली विदेशमन्त्री आङ सान सुकीले सो सहयोगप्रति समर्थन गरेकी हुन् ।

Advertisement

मङ्गलबार भएको सो भेटवार्तापछि बुधबार उनकोे विदेशमन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो ।

विदेशमन्त्री सुकीले ती शरणार्थीको फिर्ताको प्रक्रियामा संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहभागिता स्वागतयोग्य हो भनिन् ।

Advertisement

सो भेटका क्रममा उनले शरणार्थी फिर्ताको लागि संयुक्त राष्ट्रसंघको संलग्नताले ती शरणार्थीहरुलाई पनि सुरिक्षत रुपमा आफ्नो देश फर्किनका लागि सघाउ पु¥याउने धारणा राखेको प्राप्त समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले बंगलादेश र म्यानमारको भ्रमण गरी म्यान्माली शरणार्थीको अवस्थाको बारेमा अध्ययन गरेका थिए । उनीहरुले सहायता उपलब्ध गराउन विश्वका दाता राष्ट्र तथा संस्थाहरुलाई आग्रह पनि गरेका थिए ।

राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अभैm सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै कुनै प्रगति नभएको निष्कर्ष पनि निकालेका छन् ।

रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउन के गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले गएको शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमण गरेको थियो ।

यी दुवै देशका उच्च सरकारी अधिकारीहरुसँग पनि ती प्रतिनिधिले भेटवार्ता एवम् परामर्श समेत गरेका थिए । सोही परामर्शका क्रममा उनीहरुले म्यान्माली विदेशमन्त्री सुकीलाई सो सहयोगको आस्वासन दिएका हुन् ।

म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल म्यानमारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ । यो अनुमानित तथ्यांकमात्र भएको बताइएको छ ।

करिब सात लाख रोहिंग्या मुसलमान म्यानमारको राखिन राज्यबाट गएको अगष्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए । पछिल्लो समयमा पनि उनीहरु देश छोडेर भाग्ने क्रम जारी रहेको छ ।

बंगलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसिरहेका शरणार्थीहरुसँग पनि उक्त प्रतिनिधिमण्डलले भेटेर उनीहरुका अप्ठेराहरु र देश छोडेर भाग्नुपर्ने कारणका बारेमा पनि परामर्श गरेको बताइएको थियो ।

केही समयअघि सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो ।

सोही कारण पनि रोहिंग्या शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन् । म्यानमार सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाई छ ।

तर शरणार्थीहरुको यस आरोपको म्यान्माली सैनिक प्रमुखले भने अस्वीकार गरेका छन् । उनले सेनाले नै यस्तो ज्यादती गरिरहेको भनेर आइरहेका समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका थिए ।
रासस

Advertisement

भर्खरको समाचार

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

सम्बन्धित समाचार

Scroll to Top