×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी

१९ बैशाख २०७५

काठमाडौँ, १९ वैशाख ः यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् ।

गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।

Advertisement
Advertisement

वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा गर्दै उनीहरुले हरेक क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य गरेर लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गरी आधुनिक नेपाल निर्माणमा हातेमालो गर्न आफूहरु तयार रहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले सार्वजनिक यातायात खुल्ला प्रतिस्पर्धामा चल्नुपर्छ भन्ने मान्यता आफूहरुको रहेको उल्लेख गर्दै सिण्डिकेट अन्त्यगर्ने सरकारको कदममा हाम्रो पनि सहमति छ भने ।

पुराना गाडी कम्पनीमा लैजानुपर्ने सरकारको भनाइप्रति विरोध रहेको बताउँदै उनले यातायात व्यवसायी र सरकारबीच वार्ता र संवादको माध्यमबाट सिन्डिकेटको समस्या समाधान हुनेछ भने ।

गणतान्त्रिक यातायात व्यवसायी संगठनका संयोजक दधिराम खरेलले असार मसान्तपछि यातायात समिति नवीकरण नगर्ने सरकारको निर्णय एकपछि अर्को भएको उल्लेख गर्दै यो निर्णयले यातायात व्यवसायीलाई आतङ्कित पारेको बताए ।

हामी सिन्डिकेटको पक्षधर नभएको बताउँदै उनले अरु यातायात व्यवसायीले सञ्चालन गरेको गाडी छेक्नुहुँदैन भन्ने आफनो मान्यता रहेको धारणा व्यक्त गरे ।

Advertisement

विसं २००७ मा गाडीका पार्टपूर्जा बोकेर ल्याई शुरु गरेको यातायात क्षेत्रमा निम्नमध्यम वर्गको रु १० खर्ब भन्दा बढी लगानी रहेको र ४० लाख भन्दा बढी मजदुर यस क्षेत्रमा कार्यरत रहेको जनाएको छ ।
रासस

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top