आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना

१८ बैशाख ७५, बुधबार

भक्तपुर, १९ वैशाख ः मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ ।

युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै धर्ना दिएका हुन् ।

‘आक्रमणकारीलाई पक्राउ गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे, कडा सुरक्षा व्यवस्था गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन् ।

Advertisement

धर्नापछि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको कार्यकक्षमा गएर सुरक्षाको माग गर्दै घटना भएको ११ दिनसम्म पनि आक्रमणकारी पक्राउ नपर्नुले अपराधीलाई थप मनोबल पुगेको बताए ।

राजनीतिक खोल ओढेर यो वा त्यो को नाममा एमालेका जनप्रतिनिधिमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको आरोप लगाउँदै उनले भने, “आक्रमण हुने क्रम बढ्दै जान्छ भने युवा संघ हातमा दही जमाएर बस्दैन, देशमा आतंक फैलाउँछु भन्ने सोचेको हो भने त्यस्ता आक्रमणकारीसँग चोकचोकमा प्रतिवाद गर्न युवा संघ तयार छ ।”

Advertisement

संघका अध्यक्ष पौडेलले सरकारले जनप्रतिनिधि र जनताको सुरक्षा गर्न नसके युवा संघ जनताको सुरक्षाका लागि सडकमा ओर्लने बाध्य हुने बताउँदै “जनप्रतिनिधिलाई आक्रमण गर्ने र जनतालाई आतंकित पार्न कसैले खोज्छ भने, जुनसुकै संगठनका र जो सुकै भए पनि युवा संघ अब चुप लागेर बस्दैन, त्यसको प्रतिवाद गर्छ” भने।

कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले यो घटनापछि जनप्रतिनिधि थप असुरक्षित भएको र एक्लै हिँड्डुल गर्न सक्ने अवस्था नभएको बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई सडक कालोपत्रको अनुगमनका क्रममा मध्यपुरको प्रमुख जस्तै बनाइदिउँला भनेर धम्की दिएको बताउँदै उनले सुरक्षाको माग गरे ।

प्रजिअ पोखरेलले घटनाको अनुसन्धान भई आक्रमणकारीको पहिचान भइसके पनि उनीहरु लुकेर बसेका कारण पक्राउ गर्न नसकेको उल्लेख गर्दै आक्रमणकारीलाई पक्राउ गर्न अब धेरै दिन नलाग्ने बताए ।

जनप्रतिनिधि र जनताको सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासन क्रियाशील रहेको बताए । आक्रमणबाट घाइते प्रमुख श्रेष्ठको कोरिया–नेपाल मैत्री अस्पताल ठिमीमा उपचार भइरहेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top