Nepal Times
Nepal Times
3
Shares

कानून व्यवसायी पक्राउ

कानून व्यवसायी पक्राउ

चितवन १९ वैशाख ः भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बनाए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।

भट्टराई जिल्ला अदालत बार एशोसिएशन चितवनका साधारण सदस्य हुन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.