दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

२९ भदौ ७७, सोमबार

२९ भदाै, दार्चला ।

Advertisement

जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती शुरु गरेका हुन् ।

कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गरे महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन फुड खेती शुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती शुरु गरिएको इन्जिनीयर महेन्द्रसिंहले जानकारी दिए ।

Advertisement

यो खेतीको शुरुआत गर्न उनीहरुले रु १० लाख बढी रकम खर्च गर्दैछन् । “कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना लिएर आफूहरुले आफ्नै ठाउँमा व्यवसाय गर्न लागेका हौँ”, भक्तसिंहले भने । ड्रागनले खेती शुरु गरेको ड्रागनले दुई वर्षपछि उत्पादन दिने गर्दछ ।

कैलाश भन्छन्, “हावापानी, मौसम सुहाउँदो देखिएकाले ड्रागनले खेती शुरु गरेका हौँ ।” यो खेती गर्न गाउँपालिकाले पनि सहयोग गरेको छ । पहिलो चरणमा रु दुई लाख ड्रागन फुट व्यवसाय सञ्चालनको लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top