पीडित पुरुषको पक्षमा

१ असोज ७७, शुक्रबार

भोजपुरका मोहित राई (नाम परिवर्तन) की श्रीमतीले श्रीमान् वैदेशिक रोजगारीको लागि युएईमा भएको बेला दोस्रो बिबाह गरिन् । काठमाण्डौमा किनेको जग्गामा घर बनाउन भन्दै श्रीमानले पसिना सरिको रेमिट्यान्स पठाइरहे , बालबच्चा पनि पढ्दै गए घर पनि बन्यो ।

बनेको घरको प्रगति पनि मोहितले युएईमै पाए । घर बनाउनको लागि पैसा पुगेन । सहजै ऋण पाइने हुँदा युएईकै बैंकबाट उनले ऋण लिए । मोहित त्यति बेला छागाबाट खसे जति बेला घर बनि सकिएको र श्रीमतीले अर्कैसँग बिबाह गरेको समाचार एकै साथ आयो । इमर्जेन्सी बिदामा घर आउँदा थाहा भयो उनको पसिनाले बनाएको घर श्रीमतीका दोस्रो श्रीमानको नाममा रहेछ । यो घटना बाट प्रताडित बनेका मोहित छोराछोरी लाई कोठा भाडामा राखि युएईमै रहेर अहिले बाँकी ऋण तिर्दैछन् ।

त्यस्तै अन्यायको शिकार बने खोटाङका हितमान राई (नाम परिवर्तन)पनि । बिदेशमै कमाएको पैसाले पोखरामा घडेरी जोडेका हितमानको १ छोरा र पत्नी पोखरामै थिए र उनी चाँही श्रमको सिलसिलामा खाडी । पोखरामै होटल चलाएर आफू र बच्चाको गुजारा गर्ने पत्नीले विदेश जाने इच्छा राखेपछि हितमानले नाइभन्न सकेनन र आफू भएको ठाउँमै बोलाए श्रीमतीलाई पनि । तर बिदेश भने जस्तो र सोचेजस्तो सजिलो कहाँ छ र ? हितमानले १ महिनामै पत्नीलाई भिसाको पैसा र फिर्ती टिकटको खर्च गरेर नेपाल पठाउनु पर्याे । नेपाल फर्किना साथ हितमान की पत्नीले आफुले बाटो मोडेको जानकारी हितमानलाई गराइन् । उनले आफ्नो नाबालक छोरा पनि आफूसगै लिएर गएकी रहिछन् । अहिले उनी आफ्ना नयाँ श्रीमानसँग हङकङमा बस्छिन् । लाहुरेसँग बिहे गर्दा उनलाइ त फाइदै भयो तर श्रीमानलाई नि ? त्यो नाबालक बच्चा पनि उनीहरुले आफ्नै बच्चा बनाएर उतै लगेका रहेछन् । परिवारको त्यो बज्रपातपछि हितमान एक पटक नेपाल फर्किए । पत्नी गएपनि आफ्नो पसिनाको घडेरी त लिनु पर्याे भन्दै पोखरा गएका उनलाई पूर्व ससुराली पक्षले हजुरको छोरा छ नि उसलाई पनि त चाहिन्छ भन्दै फास्स फुस्स पारेर फर्काइ दिए छन् । अहिले खाडी तिरै छन हितमान । कोरोनाले जागिर खाइदिए पछि उनी अहिले नेपाल आउने तरखरमा रहेछन ।अब गाउँमा गएर कृषिको काम गर्ने हितमानको योजना छ ।

Advertisement

सुनसरीमा भर्खरै त्यस्तै प्रकृतिको घटना घट्यो । लामो समयसम्म आफ्नो श्रीमान बाट लुकाएर प्रेमिका पालेकी एउटी महिलाले आफ्नो गोप्य कुरा सार्बजनिक हुने पक्का भएपछि बीस सेवन गरेर आत्महत्या गर्ने प्रयास गरिन् । श्रीमान प्रदेशमा भएको बेला मोज गरेको हिसाब किताब सार्वजनिक हुने भएपछि अहिले आत्महत्याको बाटो रोजेकी ती महिला अहिले माइतीघरमा बिक्षिप्त जिबन बाच्दैछिन् । झट्ट सुन्दा यो घटना महिला हिंसा जस्तै लाग्छ तर उनकै लागि मेहनत गर्ने उनका श्रीमान नि?उनको पक्षमा बोलिदिने पनि हुनुपर्याे नि ।

माथिका प्रतिनिधी घटनाका पुरुषहरु प्रतिनिधि पात्र मात्र हुन् । वैदेशिक रोजगारीमा गएका पुरुषहरु त्यस्तो प्रकृतिका घटनाबाट ठूलो संख्यामा पीडित भैरहेका छन् । कतै त महिलाहरु आफ्नो स्त्री अस्त्र प्रयोग गरेर पुरुषको मानबिय सम्बेदनामा खेल्दै ब्लाक्मेल गर्ने गरेको समाचारहरु पनिआइ नै रहन्छन् । पहिला आफ्नो स्वार्थ लुट्ने र आफुलाई त्यो पुरुष आवश्यक नहुने बित्तिकै झुटो आरोप लगाएर फसाउने खेलमा पनि कतिपय महिलाहरु सकृय भएको पाइन्छ ।

Advertisement

हाल सालै औपचारिक रुपमै सांसद दयगङा चौधरी र हिरा गुरुङले समाजमा पुरुष हिंसा ब्याप्त रहेको बताए । पुरुषहरु सुनाउदै नहिड्ने भएकोले नदेखिएको तर महिला हिंसा भन्दा पुरुष हिंसा धेरै भएको उनीहरुको जिकिर छ ।

महिला हिंसा पनि नभएको हैन । धेरैजसो घरमा महिला भनेको चुलो चौकोमा मात्र सिमित हुनुपर्छ भन्ने धारणा राखेको पाइन्छ । हाम्रो समाजले अझै घरको काम हामी सबैको काम भनेर भन्न सकेको छैन । तर पुरुषहरु धेरै बाह्य काममा जाने भएकोले महिलाले घरको कामगर्ने गरेको पुरातन अहिले सम्म कायमै छ । यसलाई हिंसा नभनौ सके घरको काम सबैको काम सम्झौ, मिलेर गरौँ ।

पुरुषलाई समाजले नै महिलाभन्दा कठोर बनाइदिएको छ । छोरोमान्छे रुनु हुदैन,जस्तो बज्रपात पनि सहनु पर्छ भनेर भन्ने गरिन्छ त्यहीभएर पनि पुरुष हरु पिडामापनि जबर्जस्ती हास्ने प्रयत्न गरि रहन्छन् ।

महिला हिंसा सुनिरहेको विषय हो तर पुरुष हिंसा त्यति सुनिदैन तर प्राय हरेक घरमा यस्ता घटना हुन्छन र गुमनाम रहन्छन् । धेरै जसो बिबाहित पुरुषहरू हिंसाको शिकार हुने गरेको पाइन्छ । बिबाहित महिलाहरुले श्रीमानको मन जितुन्जेल चुपलाग्ने र मन जित्नासाथ आफू सर्बेसर्वा हुन आफ्नो पुरुषलाई उसका साथी कै सामु कमजोर देखाउन तम्सिन्छन । त्यो गर्नु हिंसा बराबर नै हो ।

उदाहरणको लागि रात दिन दुःख गरेर घर चलाउने श्रीमान आफ्नो फुर्सदको समयमा मनोरञ्जन को लागि एकछिन तास खेलेको देख्ना साथ खालमा गएर तास च्यात्ने तथा गलत काम गरेको भन्दै आफ्नो श्रीमानलाई तथा नाम गाली गर्ने महिलाहरु आफ्नै समाजमा छन् । कतिपय महिलाले त तासको खालमै गएर श्रीमानलाई कुट्ने गरेका घटना समेत हाम्रै समाजमा भएका छन् । त्यसलाई लिएर महिलाहरु आफुले राम्रो काम गरेको भनेर नाक फुलाउछन तर त्यो कुराले उनको श्रीमानले समाजमा शिर निहुराएर हिड्नु पर्ने अवस्था रहन्छ । त्यो एक हिसाबले पुरुषमाथि गरिएको हिंसा नै हो । तास खेल्नुलाई राम्रो काम नभनौँ तर घर चलाउने एउटा पुरुषले फुर्सदको समयमा साथीभाई सँग केही समय बिताउँदैमा ठूलो बदनामी राम्रो मानिदैन । सानो कुरामा आफ्नो प्रिय भनिएको मान्छेको बदनामी कति सम्मको हिंसा होला । सबैको स्वतन्त्र जिबन हुन्छ पुरुष पनि र महिलाको पनि ।

जो कोहीको पनि स्वतन्त्र जिबनलाई कुन्ठित पारियो भने या शारीरिक र मानसिक रुपले बिचलित बनाइयो भने त्यसलाई हिंसा भएको मान्नु पर्छ । समाज पुरुष प्रधान छ भनिन्छ, नारीको मात्र हितमा समाजले वकालत गर्ने गर्छ तर ती पीडित पुरुषहरु चुपचाप पीडा सहि रहन्छन् । आफ्नै घरमा पीडित हुँदा र हुनुपर्दा पुरुषहरू प्रतिष्ठाकै कारण पनि आफ्नो घरको कुरा बाहिर ल्याउन चाहादैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top