कुलमानको पुनर्नियुक्तिको माग गर्दै प्रदर्शनमा निस्किएका ‘हन्ड्रेड ग्रुप’का अध्यक्षमाथि भएको कुटपिटबारे छानविन सुरू

२ असोज, काठमाडौं । कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका ’हन्ड्रेड ग्रुप’का अध्यक्षमाथि भएको कुटपिट सम्बन्धमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविन सुरू गरेको छ।

Advertisement

बिहीबार दिउँसो बबरमहलमा ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले लाठी, मुक्का तथा बुटले हानेका थिए।

सो घटनाको भिडिओ सार्वजनिक भएसँगै सामाजिक संजालमा प्रहरीको चर्को आलोचना सुरू भएको थियो। घटनामाथि प्रहरी प्रधान कार्यालयले रानीपोखरीलाई बिहीबार नै छानविन गर्न निर्देशन दिएको थियो।

Advertisement

महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले पनि यस सम्बन्धमा छानविन सुरू भइसकेको जानकारी दिए।

प्रदर्शन गर्न गएका आफूहरूलाई प्रहरीले सम्झाइबुझाइ नगरी सिधै कुटपिट गरेको गुप्ताले बताएका थिए। उनीहरू कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति माग्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर गइरहेका थिए।

Advertisement

७०र८० जनाको संख्यामा मोटरसाइकलमा गइरहेका उनीहरूलाई दिउँसो तीन बजे प्रहरीले बीच बाटोमा भ्यान ल्याएर रोक्दै मोटरसाइकलबाट ओरालीमाथिको आदेश भन्दै कुटपिट गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top