प्रभावकारी बन्दै स्टार इँटाको निर्मलीकरण अभियान

२ असोज ७७, शनिबार

३ असोज, विराटनगर ।
विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दो क्रममा छ ।

संक्रमण तीव्र रुपमा फैलिरहँदा धेरै व्यक्ति सरकारले कोभिड विरुद्ध प्रभावकारी कदम चाल्न नसकेको भनेर विरोध जनाउँदै आएका छन् । यो महामारी सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रणमा आउन कठिन छ । तर यसको नियन्त्रणमा सघाउन सरकारको मातहतमा काम गर्ने निकाय बाहेक थोरै मात्रै गैरसरकारी व्यक्तिहरु खटिएका छन् ।

यस्तै ब्यक्ति मध्येका एक एक हुन् विराटनगरका उद्यमी दिपक ढकाल । नेपाल स्टार इँटा उद्योगका सञ्चालक ढकाल विगत डेढ महिनादेखि संक्रमितको घर तथा भिडभाड हुने सार्वजनिक स्थानहरुमा स्यानिटाईज गर्दै आइरहेका छन् । कोरोना संक्रमितहरुलाई समाजले तथा आफ्नै आफन्तले समेत बहिस्कार गर्ने गरेको उदाहरणहरु प्रशस्तै देखिन थालेपछि संक्रमण फैलिन नदिन प्रत्यक्ष रुपमा सरकार उपस्थिती नभएका स्थानहरुमा स्यानिटाइज गर्दै आएको उनले बताए ।

Advertisement

नेपाल स्टार इँटा उद्योगले सञ्चालन गर्दै आएको निर्मलीकरण अभियानमा पछिल्लो समय भने समाजका अन्य सहयोगी व्यक्तिहरु समेत जोडिँदै आएको उनले बताए । ढकालका अनुसार शुक्रबारसम्म विराटनगरमा मात्रै ४ सय ५१ घरको निर्मलीकरण गरि सकिएको छ ।

Advertisement

निर्मलीकरण अभियान अन्तर्गत विराटनगरको पूर्वाञ्चल अनाथ आश्रम, विराटेश्वर वृद्धाश्रम, एयरपोर्ट लाईन, कोशी प्रोजेक्ट, बेलबारीको ११ नम्बर वडा कार्यालय, स्वास्थ्यचौकी, डाँगीहाट चौक लगायत संक्रमितहरुको घर, स्वास्थ्यचौकी, प्रहरी चौकी, बसपार्क लगायत भिडभाड हुने विभिन्न स्थानहरुमा निर्मलीकरण गरिएको उनले बताए ।

पहिलो लक्ष्य मोरङमा संक्रमणको जोखिममा रहेका ठाउँहरुमा निर्मलीकरण गर्ने र त्यसपछि सकेजति अन्य ठाउँहरुमा आफुहरुको अभियान सञ्चालन हुने उनले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top