बस व्यवसायी समितिका पदाधिकारीहरु गिरफ्तार

२० बैशाख ७५, शुक्रबार

बुटवल, २१ वैशाख ः यातायात व्यवसायी संस्थाहरुको आह्वानमा सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका व्यावसायिक संस्थाका नेतालाई स्थानीय प्रशासनले कारवाही थालेको छ ।

Advertisement

सरकारले हालै जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले आज आ–आफ्ना सवारी साधन रोकेर आन्दोलनमा उत्रिएपछि व्यवसायीलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बन्जाडे र महासचिव पद्म गाहा मगरलाई पक्राउ गरेको छ ।

Advertisement

समितिका उपाध्यक्ष बन्जाडेलाई बुटवल ट्राफिकचोकस्थित आफ्नै टायर पसल नजिकै चिया पिउँदै गरेको अवस्थामा र महासचिव गाहालाई बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित आफ्नै निजी निवासबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

प्रहरी उपरीक्षक ज्ञवालीका अनुसार पक्राउ परेका व्यवसायीलाई आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुरुप कारवाही अगाडि बढाइने छ । ऐनमा छ महिना कैदसम्म गर्न सकिने व्यवस्था रहेको छ भने हडताल गर्न उक्साउनेलाई एक वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top