Nepal Times
Nepal Times
3
Shares

जितगढी किल्ला बचाउन सडक नाटक प्रस्तुत

जितगढी किल्ला बचाउन सडक नाटक प्रस्तुत

रुपन्देही, २१ वैशाख ः बुटवलस्थित जितगढी किल्लाको संरक्षण एंव संवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा आज सडक नाटक प्रस्तुत गरिएको छ ।

भारतीय पेन्सन क्याम्पका नाममा जितगढी किल्लामा जग्गा दिइने सरकारी निर्णय गलत भएको भन्दै किल्लाको संरक्षणका लागि व्यापक जनचेतना जगाउन सडक नाटक प्रस्तुत गरिएको ऐतिहासिक जितगढी किल्ला बचाउ अभियान, बुटवलले जनाएको छ ।

गएको मङ्गलबारदेखि शुरु भएको सडक नाटक २३ गतेसम्म सञ्चालन हुने छ । बुटवलको देवीनगर, ट्राफिकचोक, जेसिसचोकलगायतका आसपासका क्षेत्रमा सडक नाटक प्रस्तुत गरिएको बताइएको छ ।

“हाम्रो उद्देश्य जितगढी किल्ला बचाउका लागि खबरदारी गर्ने हो” रक्तिम सांस्कृतिक अभियानका कलाकार नारायण शर्माले भने ।

रक्तिम परिवारका कलाकार दलबहादुर विक, लक्ष्मी गुरुङ, डम्मर भण्डारी, दिलीप रसाइलीलगायतका कलाकारले सडक नाटकमा अभिनय गरेका छन् ।

“तत्कालीन प्रचण्ड सरकारले भारतीय पेन्सन क्याम्पका नाममा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, सामरिक महत्वको जितगढी किल्ला नजिकको जग्गा भारतलाई दिने निर्णयले राष्ट्रियतामाथि नै आँच आउने र भारतले जग्गा कब्जा गर्ने आशंका हुन्छ”, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकारसमेत रहेका शर्माले भने ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.