Nepal Times
Nepal Times
3
Shares

दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर

दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर

नुवाकोट, २१ वैशाख ः नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

आज बिहान शिवपुरी गाउँपालिका–७ सुनखानीको घ्याम्पेखोला भन्ने स्थानमा मिनीट्रक दुर्घटना हुँदा त्यसका धनी एवं चालक लिखु गाउँपालिका–१ का सुरेन्द्र बस्नेत र सोही स्थानका सहयोगी चालक विकास श्रीपाली घाइते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

घाइते भएका चालक २९ वर्षीय बस्नेत र सहयोगी चालक १७ वर्षीय श्रीपाली दुवैजनाको अवस्था गम्भीर भएकाले उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको छ ।

पानी परिरहेको र रातको समयमा तीव्र गतिमा रहेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.