दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर

२१ बैशाख ७५, शुक्रबार
Share this
721shares

नुवाकोट, २१ वैशाख ः नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

Advertisement

आज बिहान शिवपुरी गाउँपालिका–७ सुनखानीको घ्याम्पेखोला भन्ने स्थानमा मिनीट्रक दुर्घटना हुँदा त्यसका धनी एवं चालक लिखु गाउँपालिका–१ का सुरेन्द्र बस्नेत र सोही स्थानका सहयोगी चालक विकास श्रीपाली घाइते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

घाइते भएका चालक २९ वर्षीय बस्नेत र सहयोगी चालक १७ वर्षीय श्रीपाली दुवैजनाको अवस्था गम्भीर भएकाले उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको छ ।

Advertisement

पानी परिरहेको र रातको समयमा तीव्र गतिमा रहेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top