झापाबाट लागुऔषध सहित २ जना पक्राउ

३ असोज ७७, आइतबार

४ असाेज, झापा।

Advertisement

झापाको गौरदह-९ बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह-३ का २२ बर्षीय राजेश महतो र  २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन् ।

प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुवै जनालाई शनिबार राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Advertisement

 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top