डेढ अर्बमा बन्ने सिसडोल ल्याण्डफिल्डको निर्माण अन्तिम चरणमा

४ असोज, काठमाडौँ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशै अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापनगरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशै अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए ।

निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दशैँ अगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।

Advertisement

सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमलपोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लक डाउनका कारण केही ढिला भएपनि अहिले कामतिव्र गतिमा अगाडी बढीरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडि बढिरहेको उनले बताए ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिकतामाङले लक डाउन खुलेपछि रफ्तारमा काम अगाडी बढीरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढीरहेको उनले बताए ।

Advertisement

बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिँदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top