आगलागी पीडितलाई घर हस्तान्तरण

२३ बैशाख ७५, आइतबार
Share this
772shares

बाबियाचौर, म्याग्दी २३ वैशाख गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

Advertisement

गत फागुनमा आगलागीबाट घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका चन्द्रबहादुर दमाईंलाई बिमको हिराजीत स्मृति युवा क्लबका पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयवासी, प्रवासीबाट सहयोग तथा श्रमदान जुटाएर विपन्न समुदायका दमाईंका परिवारलाई बरण्डा सहितको एक वटा कोठा भएको घर उपलब्ध गराइएको हो । घर निर्माणका लागि रु एक लाख ५३ हजार ३९७ संकलन भएकामा रु एक लाख १३ हजार ६७५ खर्च भई बचत भएको रु ३९ लाख ७२२ क्लबको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

Advertisement

रासस

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top