संसदीय समितिले अनियमितताका विषयमा बाल संगठनसँग जवाफ माग्यो

६ असोज ७७, बुधबार

७ असोज, काठमाडौँ ।
संसदको महिला तथा सामाजिक समितिले राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समय सापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । मौजुदा ऐन समय सापेक्ष नभएकोले प्रस्तावना देखि दण्ड, सजाय लगायतका प्रावधान परिमार्जन गरी संशोधन गर्न समितिले सरकारलाई दिर्नेशन दिएको हो ।

नेपाल बाल संगठन लगायत वर्गिय तथा व्यवसायीक संगठन गठन गर्ने आधारका रुपमा रहेको ऐन परिमार्जन गरी संघीयताको मर्म अनुसार बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् । समितिले बाल संगठनको पूर्व कार्यसमितिले आफ्नो अभिलेख अहिलेको तदर्थ समितिलाई आधारिक रुपमा नबुझाएकाले समाज कल्याण परिषदको रोहबरमा १५ दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । सो समयावधि भित्र नबुझाएमा कानूनी कारवाहीको दायरामा ल्याउन समितिले समाज कल्याण परिषदलाई निर्देशन दिएको छ ।

बाल संगठन दयनीय अवस्थामा आइपुग्नुमा विगतको अपारदर्शी र अवैज्ञानिक व्यवस्थापकिय शैली व्यवहार र नीति भएको समितिले बताएको छ । संगठनको पर्याप्त जग्गा र भवन लगायत अचल सम्पत्ति भएर पनि संगठनको अवस्था दयनिय र नाजुक भएकोप्रति समितिले ध्यानाकर्षण समेत गराएको छ । नक्कली कागजात बनाएर बालबालिकालाई अन्यत्र बालगृहमा हस्तान्तरण गर्ने गरेको, कानून विपरित संगठनको जग्गा लिजमा दिएको, धर्मपुत्र÷धर्मपुत्रि सम्बन्धि सिफारिस कानून विपरित रहेको, संरक्षित बालबालिकाको खाताम कमिसन हुने गरेको, कानून विपरित विदेशी नागरिकलाई बालबालिका बेचबिखन गर्ने गरेको र योग्यता अनुसार कर्मचारी व्यवस्थापन नहुने गरेको जस्ता आरोप लाग्ने गरेकोमा अहिलेको यथार्थ परिवेश झल्किने गरी १ महिनाभित्र स्वेतपत्र जारी गर्न समितिले संगठनलाई निर्देशन दिएको छ ।

Advertisement

साथै संगठनको प्रभावकारी व्यवस्थापन गरी लक्षित वर्गको हित अनुकुल हुने अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तर्जुमा गर्न पनि समितिले निर्देशन दिएको छ । देशका ७६ जिल्लामा संगठनको जग्गा र भवनहरु रहेको र केन्द्रिय कार्यालय परिसरमा समेत १ सय २ रोपनी जमिन मध्ये ५१ रोपनी १३ आना ३ पैसा खण्डित गरी कानून विपरित लिजमा दिएको अवस्थामा कुन कुन निकाय, व्यक्तिलाई किन र कहिलेसम्म दिएको हो सो को स्पष्ट आधार प्रमाणसहित अभिलेख गर्न पनि निर्देशन दिएको छ ।

Advertisement

जग्गा र भवन लिजमा दिँदा चरम आर्थिक अनियमितता भएको जनगुनासो आएकाले नियम विपरित र संस्थाको हित विपरित भएका सम्झौताहरु १५ दिनभित्र समितिलाई उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ । संगठनलाई विभिन्न स्रोतबाट प्राप्त हुने आर्थिक पक्षलाई अभिलेख गरी वित्तिय पारदर्शीता र उत्तरदायित्व कायम हुनेगरी व्यवस्थापन गर्नपनि समितिले निर्देशन दिएको उनले बताइन् । समितिले संगठनमा रहेका परिवार भएका र परिवारको रेखदेखको सम्भावना रहेका बालकालिकाको सूची चयार गरी पारिवारिक पुर्नस्थापना गर्न र आवश्यकता अनुसार सामाजिक पुर्नस्थापना गर्न समेत संगठनलाई निर्देशन दिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top