स्याङ्जाको वालिङमा गएको पहिरोले ६ जनाको ज्यान लियो

७ असोज ७७, बिहीबार

८ आश्विन, पोखरा ।
स्याङ्जामा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ६ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ ।

प्रहरीले उनको शव निकालेको छ । यता, वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका ४ जनालाई पुरेको छ । ‘माया नेपालीको घरबाट ५ जनाको शव निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले भने–‘अर्का १ जनालाई जिवित उद्धार गरेका छौँ, घरभित्र ४ जना पुरिएका छन्, उद्धार कार्य हुँदैछ ।’

माया नेपालीको घरमा १० जना थिए । जिवित उद्धार गरिएका एकजनाको वालिङमा उपचार भइरहेको छ । तमादी डाँडा जिल्ला सदरमुकामबाट ३८ किलोमिटरको दुरीमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top