×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

२३ बैशाख २०७५

पेरिस, २३ वैशाख ः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए ।

Advertisement
Advertisement

उनले यदि फ्रान्सेली नागरिकसँग पनि बन्दुक राख्न पाउने अधिकार भइदिएको भए पेरिसमा भएको आतंककारी हमलाबाट त्यतिधेरै क्षति नहुने आशयको भनाई राखेका थिए।

राष्ट्रपति ट्रम्पको यो भनाइप्रति फ्रान्सले विरोध जनाएको प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले राखेको उक्त धारणा फ्रान्सेली शान्तिप्रेमी जनताको पक्षमा नदेखिएको फ्रान्सको विदेश मन्त्रालयले जनाएको हो । राष्ट्रपति ट्रम्पको यो धारणाप्रति उक्त मन्त्रालयले आपत्ति पनि जनाएको समाचारमा जनाइएको छ ।

उनको उक्त दावीको खण्डन गर्दै उक्त मन्त्रालयले पीडितहरूको सम्झनाको सम्मान गर्न पनि भनेको छ । शुक्रवार टेक्ससमा आयोजना गरिएको राइफल एशोसियसनको सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले सो धारणा राखेका थिए ।

राष्ट्रपति ट्रम्पले पेरिसको सांगीतिक कार्यक्रम हलमा कामगर्ने कुनै कर्मचारीसँग त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू भाग्थे या मारिन पनि सक्थे भनेर उनले सो सभामा आफ्नो धारणा राखेका थिए ।

उक्त सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले पेरिसका हमलाकारीहरुले एक एक जनालाई छानेर गोली हानेको र पीडितहरु कसैले पनि आफ्नो अवस्थाको सुरक्षागर्न असमर्थ रहेको बताएका थिए ।

उनले गरेको बन्दुकप्रतिको यो टिप्पणीले यहाँका नागरिकलाई न्याय नगरेको विदेश मन्त्रालयलको भनाई छ । त्यसो त उनले गर्ने गरेका बन्दुकसम्बन्धी टिप्पणीको अमेरिकाभित्रै पनि बिरोध हुने गरेको छ ।

अमेरिकामा पनि समय समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न मागगर्दै जुलुश निकाल्ने गरिएको छ ।

नागरिकसँग बन्दुक नरहेको मौका छोपेर आतंककारीहरुको एउटा सानो समूहले नै पेरिसका ठूलो संख्याका सर्वसाधारणको हत्या गरेको उनले बताएका थिए ।

उक्त सभामा उनले भने– तपाईहरुले पनि ख्याल गर्नुभयो होला नि निकै थोरैको संख्यामा रहेका आतंकारीहरुको समूहले पेरिसमा १३० जनाको हत्या गरेका छन्, उनीहरुले समय लिएरै र निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भने– म यो कुरामा निश्चित छु कि पेरसका नागरिकसँग पनि बन्दुक भइदिएको भए यति धेरै संख्यामा त्यहाँ नागरिकको ज्यान जाने नै थिएन ।

रासस

Advertisement

 

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top