आईपीएलमा दिल्लीको लगातार दोस्रो जित

१० असोज, एजेन्सी ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा लगातर दोस्रो जित दर्ता गरेको छ । शुक्रबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न आईपीएलको सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनाउन सक्योे । स्पिनर अक्षर पटेलले पाँचौं ओभरको दोस्रो बलमा शेन वाटसनलाई १४ रनमा शिम्रन हेटमायरबाट क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा मुरली विजयलाई एनरिच नोर्टजेले कागिसो रबाडाबाट १० रनमा क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा युवा ब्याट्सम्यान रितुराज ५ रनमा आउट भए ।

Advertisement

१६ औं ओभरको चौथो बलमा नोर्टजेले केदार जाधवलाई २६ रनमा एलबिडब्लू आउट गरे । १८ औं ओभरको दोस्रो कागिसो रबाडाले फाफ डु प्लेसिसलाई पन्तबाट ४३ रनमा कयच आउट गराए । फाफ ८ डु प्लेसिसले ३५ बलमा ४ चौका प्रहार गरे । अन्तिम ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई रबाडाले १५ रनमा क्याच आउट गराए ।

रविन्द्र जडेजा १२ रनमा क्याच आउट भए । अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अनुभवी स्पिनर पियुष चवलाले ११ औं ओभरको चौथो बलमा धवनलाई एलबिडब्लू आउट गर्दै तोडेका थिए ।

धवनले २७ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा आउट भए । चवलाकै १३ औं ओभरको दोस्रो बलमा अघि सेर सट खेल्नेक्रममा मिसहुन पुगेपछि युवा ब्याट्सम्यान शालाई धोनीले ६४ रनमा स्टम्पिङ आउट गराएका थिए । शा ले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

१९ औं ओभरको अन्तिम बलमा साम करनले धोनीबाट श्रेयस ऐरलाई २६ रनमा क्याच आउट गराए । ऐरले २२ बलमा १ चौका प्रहार गरे । विकेटकिपर ऋषभ पन्त २५ बलमा ६ चौका सहित ३७ अविजित रहे । तेस्रो विकेटका लागि ऐर र पन्तले ५८ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस ३ बलमा ५ रनमा अविजित रहे ।

सुरुवात राम्रो गरेपनि उत्कृष्ट अन्त्य गर्न नसक्दा दिल्ली विशाल योगफल बनाउन चुकेको हो । चेन्नईका पियुष चवलाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । युवा बलर साम करनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो । चेन्नईले चौथो खेलमा अक्टोबर २ मा सनराइजर्स हैदराबादसग खेल्ने छ ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा दिल्लीले हैदराबादसँग सेप्टेम्बर २९ मा खेल्ने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top